बाँकेको नेपालगञ्जका एकै परिवारका ४ सहित ६ जनाको कार दुर्घटनामा मृत्यु भएको छ। दुर्घटना भारतको श्रावस्ती जिल्लाको बलरामपुरमा भएको हो।
बाँके प्रहरीका अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ११ त्रिभुवनचोकका वैभव गुप्ता, उनकी पत्नी दीपिका गुप्ता, ५ वर्षकी छोरी बैभवी गुप्ता र ९ महिनाकी छोरी श्रेया गुप्ताको सो घटनामा मृत्यु भएको छ।
यसैगरी निलान्स गुप्ता र उनकी बहिनी नीति गुप्ताको पनि मृत्यु भएको छ। दुर्घटनामा मृत्यु हुने ६ जना नै नातेदार हुन्। दुई परिवारका ६ जनाको मृत्यु भएपछि नेपालगञ्ज बजार शोकमा परेको छ।
वैभव गुप्ता भारत माइतीमा रहेकी पत्नीलाई साथ लिएर फर्किने क्रममा गाडी दुर्घटनामा परेको हो। घटनामा चालक गम्भीर घाइते छन्।