बिहीबार, जेठ २८, २०८३

पत्रकार विश्वकर्माको ‘भूराजनीतिको भार’ पुस्तक सार्वजनिक

 |  शनिबार, साउन २०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, साउन २०, २०८०

काठमाडौं- पत्रकार बाबुराम विश्वकर्माको पुस्तक ‘भूराजनीतिको भार: नेपाली भूमिमा चीन, भारत र अमेरिकाको शक्ति संघर्ष’ सार्वजनिक भएको छ।

National life

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजाल, परराष्ट्र तथा सुरक्षा मामिला विज्ञ इन्द्रा अधिकारी र पत्रकार कुन्दन अर्यालले संयुक्त रूपमा पुस्तक लोकार्पण गरे।

विश्वकर्माको पुस्तकमा नेपालमा छिमेकी मुलुक चीन र भारत तथा शक्ति राष्ट्र अमेरिकाबीच हुने गरेको शक्ति संघर्षको विषय समेटिएको छ। पुस्तकमा एमसीसी, बीआरआई, एसपीपी, जीएसआई, इन्डोप्यासिफिक रणनीति र सीमा विवादलगायतका १३ अध्याय समेटिएका छन्।

पुस्तक लोकार्पण कार्यक्रममा पूर्व प्रधानन्यायाधीश श्रेष्ठले पुस्तक नेपालको भूराजनीति र परराष्ट्र सम्बन्धका आयाम केलाउन सफल रहेको बताए। मुलुकको परराष्ट्र नीतिमा सन्तुलन नरहेको भन्दै श्रेष्ठले नेपालको कूटनीति कोल्टे फर्किएको बताए। 

कांग्रेस नेता रिजालले झुटा राष्ट्रवादभन्दा पनि अन्तर्राष्ट्रिय सम्बन्ध देशको हितमा हुनुपर्ने बताए। कहिले दक्षिणलाई गाली गर्ने र कहिले उत्तरलाई गाली गर्ने राजनीतिले मुलुकलाई कहीँ नपुर्‍याउने उनको भनाइ छ।

Shivam cement

परराष्ट्र विज्ञ अधिकारीले चार वर्षयताको घटनालाई पुस्तकले मिहीन ढंगले वर्णन गरेको बताइन्। अधिकारीले नेपाल विस्तारै चीनको पकडमा गइरहेका बेला पुस्तक पनि चीनकेन्द्रित रहेको धारणा राखिन्।

पत्रकार अर्यालले नयाँ विश्व परिस्थितिमा भूराजनीतिलाई सबैले बुझ्नुपर्ने भन्दै पुस्तकले बहस र विमर्शको बाटो खोलेको बताए। उनले नेपाली राजनीतिक नेतृत्वको अलमलले घरेलु राजनीतिमा बाह्य प्रभाव परेको भन्दै लेखकले जटिल विषयलाई पनि सहज ढंगले प्रस्तुत गरेको बताए।

लेखक विश्वकर्माले सक्रिय पत्रकारिता छाडेर अनुसन्धानमा लागेको परिणामस्वरूप पुस्तक लेख्न सकेको बताए। दुई दशकभन्दा लामो समयदेखि खोज पत्रकारितामा सक्रिय विश्वकर्माको यो दोस्रो पुस्तक हो।

प्रकाशित: Aug 05, 2023| 21:50 शनिबार, साउन २०, २०८०
प्रतिक्रिया दिनुहोस्