शुक्रबार, साउन १५, २०८३

चन्द्रमाको कक्षमा पुग्यो चन्द्रयान-३

 |  शनिबार, साउन २०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, साउन २०, २०८०

चन्द्रयान–३ सफलतापूर्वक चन्द्रमाको कक्षमा प्रवेश गरेको छ। 

भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) का अनुसार चन्द्रयान–३ नामक अन्तरिक्ष यानले चन्द्रमाको करिब दुई तिहाइ दूरी तय गरी शनिबार सफलतापूर्वक चन्द्रमाको कक्षमा प्रवेश गरेको छ।

भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले ट्वीट गर्दै भनेको छ, “मोक्स, ईस्राक, यो चन्द्रयान–३ हो । म चन्द्रमाको गुरुत्वाकर्षण महसुस गरिरहेको छु।”

भारतको तेस्रो चन्द्र अन्वेषण अभियान चन्द्रयान–३ जुलाई १४ मा आन्ध्र प्रदेशको श्रीहरिकोटास्थित सतीश धावन अन्तरिक्ष केन्द्रबाट जीएसएलभी मार्क ३ (एलभीएम–३) हेभी लिफ्ट प्रक्षेपण यानबाट सफलतापूर्वक प्रक्षेपण गरिएको थियो।

अमेरिका, चीन र रूसपछि चन्द्रमाको सतहमा आफ्नो अन्तरिक्षयान अवतरण गर्ने र चन्द्रमाको सतहमा सुरक्षित र सफल अवतरणका लागि देशको क्षमता प्रदर्शन गर्ने भारत चौथो देश हो।

अवतरणपछि चन्द्रयान–३ ले एक चन्द्र दिनको लागि काम गर्नेछ। चन्द्रमाको एक दिन पृथ्वीको १४ दिन बराबर हुन्छ।
 

प्रकाशित: Aug 05, 2023| 21:44 शनिबार, साउन २०, २०८०
प्रतिक्रिया दिनुहोस्