बिहीबार, जेठ २८, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • उत्तराखण्ड पहिरोः बेपत्ता १७ मध्ये तीन नेपालीको पहिचान खुल्यो

उत्तराखण्ड पहिरोः बेपत्ता १७ मध्ये तीन नेपालीको पहिचान खुल्यो

पहिरोमा परेका कालीकोटका टेकबहादुर कामी, प्रकाश कामी र देवी कामीको पहिचान खुलेको हो। 
 |  शनिबार, साउन २०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, साउन २०, २०८०

काठमाडौं– गत बिहीबार राती भारत उत्तराखण्ड राज्यको रुद्रप्रयागको गौरीकुण्डमा पहिरोमा परी बेपत्ता भएका १७ मध्ये तीन नेपालीको पहिचान खुलेको छ। पहिरोमा परेका कालीकोटका टेकबहादुर कामी, प्रकाश कामी र देवी कामीको पहिचान खुलेको हो।

National life

नयाँ दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीका अनुसार कालीकोट घर भई गौरीकुण्ड क्षेत्रमा काम गर्ने तीन जनाको उनीहरुका आफन्तबाट पहिचान खुलेको हो। ‘घटनास्थलमै रहेका आफन्तबाट तीन शवको पहिचान खुलेको हो’, नयाँ दिल्लीबाट कुरा गर्दै उनले भने। 

घटनास्थल वरपर सयौं नेपाली नागरिक घोडा चालकका रुपमा, स–साना होटल सञ्चालन तथा अन्य मजदुरी गरेर बस्दै आएको वरिष्ठ प्रहरी उपरीक्षक चतुर्वेदीले बताए। बेपत्ताको खोजीका लागि भारतीय पक्षसित समन्वय भइरहेको उनले जानकारी दिए।

बिहीबार रातीदेखि परेको वर्षाका कारण रुद्रप्रयागको गौरीकुण्डमा पहिरो जाँदा १७ नेपालीसहित १९ जना बेपत्ता भएका थिए। बेपत्ताको खोजी जारी छ। उक्त क्षेत्रमा लामो समयदेखि नेपाली नागरिक परिवारका अन्य सदस्यसहित काम गर्दै आएका छन्।

सो स्थानमा नेपाली नागरिकले सञ्चालन गरेका तीन होटल पहिरोले बगाएको बताइएको छ। बेपत्ताको खोजीका लागि नयाँ दिल्लीस्थित दूतावासमार्फत पहल भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

Shivam cement

प्रकाशित: Aug 05, 2023| 15:45 शनिबार, साउन २०, २०८०
प्रतिक्रिया दिनुहोस्