सोमबार, वैशाख २४, २०८१
  • गृहपृष्ठ
  • विदेश
  • पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानलाई तीन वर्षको जेल सजाय

पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानलाई तीन वर्षको जेल सजाय

खानमाथि आफू प्रधानमन्त्री हुँदा पाएका उपहार अवैध तरिकाले बेचेको आरोपमाथि सुनुवाइ गर्दै अदालतले तीन वर्षको जेल सजाय र पाँच वर्षसम्म राजनीति गर्न बन्देज लगाएको छ।
 |  शनिबार, साउन २०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, साउन २०, २०८०

काठमाडौं– पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई भ्रष्टाचारको आरोपमा तीन वर्ष जेल सजाय सुनाइएको छ। आज इस्लामावाद ट्रायल कोर्टले पाकिस्तान तेहरिक–इ–इन्साफ (पिटीआई) का अध्यक्षसमेत रहेका खानलाई भ्रष्टाचार आरोपमा तीन वर्ष जेल सजाय सुनाइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

triton college

अदालतले खानलाई तोषखाना केसमा तीन वर्ष जेलसँगै १ लाख जरिमाना तोकेको छ। खानलाई निर्वाचन कसुरको धारा १७४ अन्तर्गत दोषी ठहर गरेको अदालतको फैसलामा भनिएको छ। अदालतले खानलाई पाँच वर्ष राजनीति गर्न प्रतिबन्ध लगाएको अलजजिराले जनाएको छ।

खानमाथि आफू प्रधानमन्त्री हुँदा पाएका उपहार अवैध तरिकाले बेचेको आरोप लागेको छ। यस प्रकरणमा पाकिस्तानको निर्वाचन आयोगले खानविरुद्ध मे १०मा उजुरी दिएको थियो। सुनुवाइका क्रममा अतिरिक्त जिल्ला न्यायाधीश (एडिएसजे) हुमायुन दिलावरले पूर्वप्रधानमन्त्री खानविरुद्धका आरोप पुष्टि भएको सुनाएका थिए।

‘इमरान खानले पाकिस्तानको निर्वाचन आयोगलाई नक्कली विवरण दिएका थिए। भ्रष्ट अभ्यास गरेकामा उनी दोषी देखिएका छन्,’ उनले भने।  अदालतको आदेशलगत्तै पाकिस्तान प्रहरीले खानलाई लाहोरस्थित निवासबाट पक्राउ गरेको उनका वकिल इन्तजार हुसैन पन्जुथाले सञ्चार माध्यमलाई जानकारी दिएका छन्।–एजेन्सी 

प्रकाशित: Aug 05, 2023| 15:14 शनिबार, साउन २०, २०८०
प्रतिक्रिया दिनुहोस्