बिहीबार, जेठ २८, २०८३

चक्कु हानेर श्रीमतीको हत्या

दोधारा चाँदनी–७ का ३४ वर्षीय प्रेमबहादुर बुढाक्षेत्रीले २१ वर्षीया द्रोपती बुढाक्षेत्रीको चक्कु प्रहार गरी हत्या गरेका हुन्।
 |  शनिबार, साउन २०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, साउन २०, २०८०
National life
Shivam cement

काठमाडौं– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा एक युवकले गए राती चक्कु हानेर श्रीमतीको हत्या गरेका छन्।

इलाका प्रहरी कार्यालय दोधारा चाँँदनीका प्रहरी निरीक्षक अर्जुनसिंह साउदका अनुसार दोधारा चाँदनी–७ का ३४ वर्षीय प्रेमबहादुर बुढाक्षेत्रीले २१ वर्षीया द्रोपती बुढाक्षेत्रीको चक्कु प्रहार गरी हत्या गरेका हुन्। प्रहरीले प्रेमबहादुरलाई घरबाटै नियन्त्रणमा लिएको छ।

‘प्रारम्भिक अनुसन्धानबाट घरायसी विवादमा श्रीमानले चक्कु प्रहार गरी हत्या गरेको देखिन्छ’, प्रहरी निरीक्षक साउदले भने, ‘घटनाबारे थप अनुसन्धान भइरहेको छ।’ चक्कु प्रहारबाट गम्भीर घाइते द्रोपतीको उपचारका लागि प्राथिमक स्वास्थ्य केन्द्र दोधारा चाँदनी लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। 

प्रकाशित: Aug 05, 2023| 12:49 शनिबार, साउन २०, २०८०
प्रतिक्रिया दिनुहोस्