शुक्रबार, साउन ८, २०८३

सोलारीलाई रियलमा निरन्तरता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

मड्रिड (एजेन्सी)- स्पेनिस क्लब रियल मड्रिडले मुख्य प्रशिक्षकमा सान्टियागो सोलारीलाई निरन्तरता दिने निर्णय गरेको छ । यसअघी अन्तरिम प्रशिक्षका रुपमा अनुबन्धित भएका सोलारीलाई रियलले स्थायी प्रशिक्षकको जिम्मेवारी दिने निर्णय गरेको हो ।

मुख्य प्रशिक्षक जुलेन लुपेटगुईलाई बर्खास्त गरेपछि रियलले क्लबको बी टिम हेरिरहेका सोलारीलाई सिनियर टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी सुम्पिएको थियो । लगातार चार खेलमा जित निकालेपछि क्लबले सोलारीलाई स्थायी प्रशिक्षक बनाउने निर्णयमा पुगेको हो । 

चेल्सीका पुर्व प्रशिक्षक एन्टोनियो कोन्टे र म्यान्चेष्टर युनाईटेडका मुख्य प्रशिक्षक जोसे माउरिन्होसँगको वार्ता निष्कर्श विहिन भएपछि रियलले अन्तरिम प्रशिक्षकलाई निरन्तरता दिने निर्णय लिएको हो । 

स्पेनिस फुटबल एसोसियसनले सोलारीको सम्झौताको बिषय बताएपनि रियल मड्रिडले आधिकारिक घोषणा भने गरेको छैन । उनले क्लबको जिम्मेवारी लिदाँ स्पेनिस लिगमा रियल नवौ स्थानमा थियो । अहिले रियल तालिकाको छैटौ स्थानमा छ र शीर्ष स्थानको बार्सिलोना भन्दा ४ अंकले पछाडी छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।