मंगलबार, साउन १३, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • खर्च विवरण बुझाइसकेका उम्मेदवारसँग जरिबाना नलिन सर्वोच्चको अन्तरिम आदेश

खर्च विवरण बुझाइसकेका उम्मेदवारसँग जरिबाना नलिन सर्वोच्चको अन्तरिम आदेश

 |  शुक्रबार, साउन १९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १९, २०८०

vianetvianet

काठमाडौं- सर्वोच्च अदालतले तोकिएको समयमा निर्वाचन खर्चको विवरण निर्वाचन आयोगमा नबुझाउने उम्मेदवारलाई रु १५ हजार जरिवाना तिर्नुपर्ने आयोगको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ।

न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले आज निर्वाचन उक्त जरिवाना लिने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको हो। मोरङ जिल्लाका प्रनिनिधिसभा सदस्य विनोदमणि भट्टराईले दायर गरेको रिट निवेदनको प्रारम्भिक सुनुवाइपछि अदालतले उक्त आदेश गरेको हो।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रिट निवेदक भट्टराई हाम्रो नेपाल पार्टीका तर्फबाट मोरङ–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार दिएका थिए। निर्वाचन सकिएपछि आफूले प्रदेश निर्वाचन कार्यालय, प्रदेश नम्बर १ (हाल कोशी प्रदेश), मोरङ, विराटनगरमा निर्वाचन खर्चको विवरण पेस गरेको रिट निवेदनका उल्लेख थियो।

आफूले खर्च विवरण सार्वजनिक गरेकोबारे जानकारी नदिएको उल्लेख गर्दै आयोगले निजलाई रु १५ हजार जरिवाना तोकेको थियो। निर्वाचन आयोगको उक्त निर्णयविरुद्ध भट्टराईले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए।

प्रकाशित: Aug 04, 2023| 20:32 शुक्रबार, साउन १९, २०८०
प्रतिक्रिया दिनुहोस्