बिहीबार, जेठ २८, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • भारत सरकारको अनुदानमा कार्यान्वयन हुने चार परियोजनामा हस्ताक्षर

भारत सरकारको अनुदानमा कार्यान्वयन हुने चार परियोजनामा हस्ताक्षर

 |  शुक्रबार, साउन १९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १९, २०८०

काठमाडौं- भारत सरकारको अनुदान सहयोग अन्तर्गत नेपालमा कार्यान्वयन हुने चारवटा (शिक्षा क्षेत्रका तीन र खानेपानी आपूर्ति तथा सरसफाइको एक) परियोजनाका समझदारीपत्रमा हस्ताक्षर भएको छ।

National life

भारत सरकारको अनुदान सहयोग अन्तर्गत नेपालमा शिक्षा क्षेत्रका तीन र खानेपानी आपूर्ति तथा सरसफाइको एक गरी चार वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माण अघि बढाउन भारतीय राजदूतावास काठमाडौं र नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबीच आज समझदारी पत्रमा हस्ताक्षर भएको हो।

यी परियोजनाको अनुमानित लागत १७ करोड रुपैयाँ रहेको छ। सम्झौताअनुसार शैल्यशिखर नगरपालिकास्थित गलैनाथ माध्यमिक विद्यालयको विद्यालय भवनको निर्माण, दार्चुला जिल्लाको व्याँस गाउँपालिकास्थित हिमालय माध्यमिक विद्यालयको भवन निर्माण, संखुवासभा जिल्लाको चिचिला गाउँपालिकास्थित दिदिङ प्राथमिक विद्यालयको विद्यालय भवन निर्माण र उदयपुर जिल्लाको त्रियुगा नगरपालिकास्थित श्रीपुर खानेपानी आपूर्ति तथा सरसफाई परियोजनाको कार्यान्वयन क्रमशः शैल्यशिखर नगरपालिका, व्याँस गाउँपालिका, चिचिला गाउँपालिका र त्रियुगा नगरपालिकाले गर्नेछन्।

यी परियोजनाको निर्माणले स्थानीय समुदायका लागि गुणस्तरीय शिक्षा र खानेपानी तथा सरसफाई सुविधा उपलब्ध गराउनुका साथै नेपाली जनताको जीवनस्तरमा सुधार ल्याउनेछ।

सन् २००३ यता भारतले नेपालका सातवटै प्रदेशमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाइका क्षेत्रमा र अन्य सार्वजनिक सुविधाको निर्माणमा ५४६ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेको छ ।

Shivam cement

यसमध्ये ४८३ वटा परियोजना सम्पन्न भइसकेका छन् भने बाँकी ६३ वटा परियोजना निर्माणाधीन अवस्थामा रहेका छन्। सबै परियोजनाको कुल लागत करिब १२२० करोड रुपैयाँ रहेको छ। यी परियोजनाहरु धेरैजसो नेपाल सरकारको स्थानीय निकायमार्फत कार्यान्वयन भएका हुन्।

प्रकाशित: Aug 04, 2023| 19:12 शुक्रबार, साउन १९, २०८०
प्रतिक्रिया दिनुहोस्