शुक्रबार, पुस ४, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • रुसी रक्षामन्त्रीद्वारा युक्रेनी युद्धक्षेत्रको निरीक्षण

रुसी रक्षामन्त्रीद्वारा युक्रेनी युद्धक्षेत्रको निरीक्षण

 |  शुक्रबार, साउन १९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १९, २०८०

मस्को- रुसी रक्षामन्त्री सर्गेई शोइगुले युक्रेनको कमाण्ड पोष्टको निरीक्षण गरेका छन्। उनले वरिष्ठ सैन्य अधिकारीहरूसँग भेट्न युक्रेनको लडाई क्षेत्रको भ्रमण गरेको रुसी सेनाले शुक्रबार बताएको छ।

National life

शोइगुले मोर्चाको अवस्थाको बारेमा अद्यावधिक जानकारी प्राप्त गरेको र पूर्वी युक्रेनको लाइमानमा सफल आक्रामक कारवाहीका लागि कमाण्डर र सिपाहीहरूलाई धन्यवाद दिएको सेनाले जनाएको छ।

टेलिभिजन फुटेजमा युक्रेनको केन्द्रीय सैन्य एकाइका प्रमुख जनरल एन्ड्री मोर्दभिचेभले प्रस्तुत गरेको प्रतिवेदन सुनिरहेको देखाइएको छ। टेलिभिजन फुटेजमा मन्त्रीलाई स्वीडिश सिभी ९० मा चढेको पनि देखाइएको थियो।

युक्रेनमा मस्कोको सेनासँग लडिरहेको रुसी अर्धसैनिक समूह वाग्नरको असफल विद्रोहपछि शोइगुले अन्तिम पटक जुनको अन्त्यमा यो भ्रमण भएको हो।   -एएफपी

प्रकाशित: Aug 04, 2023| 20:41 शुक्रबार, साउन १९, २०८०
प्रतिक्रिया दिनुहोस्