सोमबार, वैशाख २४, २०८१

चीनका लागि जासुसी गरेको भन्दै दुई अमेरिकी नौसेना पक्राउ 

 |  शुक्रबार, साउन १९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १९, २०८०

वाशिङ्टन- चीनका लागि जासुसी गरेको आरोपमा संयुक्त राज्य अमेरिकाका दुई नौसेनालाई पक्राउ गरिएको छ। उनीहरुले अमेरिकी सेनाको संवेदनशील दस्तावेज चीनलाई दिएको आरोप लागेको छ। 

triton college

अमेरिकी नागरिक नै रहेका २२ वर्षिय जिन्चाओ वेइ र २६ वर्षीय वेनहेङ झाओलाई पक्राउ गरिएको बीबीसीले जनाएको छ। जिन्चाओले राष्ट्रिय सुरक्षासम्बन्धी सूचना चिनियाँ एजेन्टलाई दिएको र वेनहेङले संवेदनशील फोटो र भिडियो उपलब्ध गराए वापत पैसा लिएको आरोप लागेको छ। 

दुबै नौसेनालाई एकै चिनियाँ एजेन्टलाई दिएको हो कि फरक-फरक हो भन्‍ने खुल्‍न नसकेको जनाइएको छ। उनीहरु दुबै जनालाई बुधबार पक्राउ गरिएको हो। वेनहेङलाई  चिनियाँ एजेन्टले अमेरिकी नागरिक बन्‍ने प्रक्रियाका लागि सन् २०२२ को फेब्रुअरीमा कुरा भएको खुलेको छ। वेनहेङले फोटो र भिडियो चिनियाँ एजेन्टलाई उपलब्ध गराएवापत हजारौं डलर लिएको जनाइएको छ। 

अमेरिकास्थित चिनियाँ दूतावासले भने अमेरिकी सरकार र मिडियाले बारम्बार चिनियाँहरुलाई जासुसी गरेको आरोप लगाउने गरेको भन्दै आलोचना गरेको छ। भनिएको छ, 'अमेरिकाले आधारहीन तवरमा चीनलाई जासुसीको आरोप लगाएको विषयमा हाम्रो विरोध छ।' - बीबीसी

प्रकाशित: Aug 04, 2023| 18:21 शुक्रबार, साउन १९, २०८०
प्रतिक्रिया दिनुहोस्