बिहीबार, जेठ २८, २०८३

परिणाम देखिने गरी काम गर्न मन्त्री गुरुङको निर्देशन

 |  शुक्रबार, साउन १९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १९, २०८०

काठमाडौं- सहरी विकासमन्त्री सीता गुरुङले कर्मचारीहरूलाई परिणाममुखी काम गर्न निर्देशन दिएकी छिन्। मन्त्रालयसम्बद्ध आयोजनामा रहेका समस्या समाधान गर्न आफू प्रतिबद्ध रहको बताउँदै उनले परिणाम आउने गरी काम गर्न निर्देशन दिएकी हुन्।

National life

सहरी विकास मन्त्रालय, सहरी विकास तथा भवन निर्माण विभागको २०७९/८० को वार्षिक प्रगति समीक्षा तथा आर्थिक वर्ष २०८०/८१ को वार्षिक कार्यक्रम कार्यान्वयनसम्बन्धी गोष्ठीमा उनले मनदेखि नै काम गर्न आयोजनाका प्रमुखहरूलाई निर्देशन दिइन्। उनले भनिन्, ‘समस्या छ भनेर मात्र होइन, समाधान गर्ने गरी अघि बढनुहोस्, मन्त्रालयले गर्नुपर्ने निर्णय समयमा नै गरेर अघि बढछ।’

आयोजना, विभाग र मन्त्रालयको समन्वयको कामलाई प्रभावकारीरूपमा अघि बढाइने प्रतिबद्धता जनाउँदै उनले अन्तर मन्त्रालयको समन्वयको कामलाई पनि उच्च प्राथमिकता दिइने बताइन्। मन्त्रालयले गत आर्थिक वर्षमा अपेक्षाअनुसार पूँजीगत खर्च गर्न नसकेको बताउँदै मन्त्री गुरुङले यस आर्थिक वर्षमा लक्ष्यअनुसारको पूँजीगत खर्च बढाउनका लागि आयोजनाका प्रमुखहरूलाई निर्देशन दिइन्।

कार्यक्रममा सहरी विकास मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले रुग्ण आयोजनाहरूमा अब धेरै अलमलिन नहुने बताउँदै काम नगर्ने निर्माण व्यवसायीहरूसँग ठेक्का तोडेर अघि बढ्न निर्देशन दिए। उनले भने, ‘पूँजीगत खर्च बढाउन ध्यान दिनुपर्छ, अहिलेको पूँजीगत खर्च सन्तोषजनक छैन, यस आर्थिक वर्षमा लक्ष्यअनुसारको खर्च गर्न समयमा नै काम अघि बढाउनुहोस्।’

सहरी विकास तथा भवन निर्माण विभागले गत आर्थिक वर्षमा रु ३८ अर्ब ९५ करोड ७९ लाख चार हजार विनियोजन भएकामा ५९ प्रतिशत वित्तीय र ६५ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ। यस आर्थिक वर्षमा विभागका लागि रु २९ अर्ब ५७ करोड बजेट विनियोजन भएको छ।

Shivam cement

प्रकाशित: Aug 04, 2023| 18:10 शुक्रबार, साउन १९, २०८०
प्रतिक्रिया दिनुहोस्