मंगलबार, चैत १७, २०८२

मेस्सी ला लिगा बर्षको उत्कृष्ट खेलाडी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari

एजेन्सी- स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीले सर्वाधिक गोलकर्ता र वर्षको उत्कृष्ट खेलाडीको अवार्ड थापेका छन् । उनले ला लिगाको सिजन २०१७-१८ मा गरेको सर्वाधिक गोल वर्षको उत्कृष्ट खेलाडीको अवार्ड थापेका हुन् । 

३१ वर्षीय मेस्सीलाई ला लिगाको पिचिची अवार्ड र वर्ष खेलाडीको अवार्ड एकसाथ प्रदान गरिएको थियो । पिचिची अवार्ड ला लिगमा सिजनभरमा सर्वाधिक गोल गर्ने खेलाडीलाई दिइन्छ । यता, वर्ष खेलाडीको अवार्ड भने वर्षभरिको प्रदर्शनका आधारमा एक उत्कृष्ट खेलाडीलाई दिइने गरिन्छ । 

यस वर्ष अर्जेन्टिनी मेस्सीले पिचिची र वर्ष खेलाडीको गरी दुवै अवार्ड जितेका हुन् । गत वर्ष बार्सिलोनालाई ला लिगाको उपाधि जिताउनेक्रममा मेस्सीले महत्वपूर्ण भूमिका खेल्दै सिजनभरमा ३६ खेल खेल्दै ३४ गोल गरेका थिए । अघिल्लो सिजन उनले ३७ गोल गरेका थिए ।

हालसम्म मेस्सीले पिचिची अवार्ड कूल ५ पटक जितेका छन् । यसअघि उनका खास प्रतिस्पर्धी रहेका रियल मड्रिडका पूर्वखेलाडी क्रिस्टियानो रोनाल्डोले यो अवार्ड ३ पटक जितेका छन् । मेस्सीले पछिल्ला ३ सिजन यो अवार्ड लगातार जितेका छन् । 

२०१५-१६ मा यो अवार्ड बार्सिलोनाकै लुइस स्वारेजले जितेका थिए । त्यसयता मेस्सीले यो अवार्ड एकतर्फी जित्दै आएका हुन् । यस सिजन मेस्सीले ला लिगामा १० खेलबाट कुल ९ गोल तथा ५ एसिस्ट समेत गरेका छन् ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।