बिहीबार, जेठ २८, २०८३

जंगली च्याउ खाँदा जाजरकोटमा एक जनाको मृत्यु

 |  शुक्रबार, साउन १९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १९, २०८०
National life
Shivam cement

जाजरकोट- जङ्गली च्याउ खाँदा यहाँ एकको मृत्यु भएको छ भने एक सिकिस्त बिरामी छन्। विषालु च्याउ खाँदा बारेकोट गाउँपालिका–४ का १८ वर्षीय तुलबहादुर सार्कीको आज मृत्यु भएको हो। मृतककी ५० वर्षीया आमा किविली सार्की सिकिस्त बिरामी परेको जनाइएको छ।

आमा, छोराले जङ्गलबाट ल्याएको च्याउ खाएका थिए। च्याउ खाएलगत्तै आमाछोरा बेहोस भएका र केही समयमै छोराको मृत्यु भएको गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले जानकारी दिए।

आमा किविलीको स्थानीय लिम्सास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। उनलाई थप उचारका लागि दल्ली अस्पताल लैजाने तयारी भइरहेको निमित्त प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्माले बताए। जङ्गलमा भेटिएका च्याउ पहिचान नगरेर जथाभावी नखान गाउँपालिका अध्यक्ष गिरीले स्थानीयलाई आग्रह पनि गरेका छन्। 

प्रकाशित: Aug 04, 2023| 16:25 शुक्रबार, साउन १९, २०८०
प्रतिक्रिया दिनुहोस्