बिहीबार, जेठ २८, २०८३

राहुल गान्धीको सांसद पद पुनर्बहाली

सन् २०१९ को चुनावी सभामा 'सबै चोरको थर मोदी नै किन हुन्छ?' भन्दै दिएको भाषणका कारण उनीमाथि मानहानिको मुद्दा हालिएको थियो।
 |  शुक्रबार, साउन १९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १९, २०८०

काठमाडौं- भारतीय सर्वोच्च अदालतले कांग्रेस नेता राहुल गान्धीको सजायमा रोक लगाएसँगै उनको सांसद पद पुनर्बहाली भएको छ। शुक्रबार अदालतले मोदी थर प्रकरणमा उनलाई यसअघि सुरतको तल्लो अदालतले तोकेको २ वर्ष कैदको सजाय रोकेको हो।

National life

सर्वोच्चले कांग्रेस नेता गान्धीमाथि यथेष्ट प्रमाणबिनै २ वर्षको सजाय सुनाइएको भन्दै उनको सजायमा रोक लगाएको हो। अदालतले गान्धीलाई त्यस्ता टिप्पणी गर्नुअघि विचार पुर्‍याउन आग्रह गरेको छ।

यसअघि गुजरात उच्च अदालतले मानहानि मुद्दामा कांग्रेस नेता गान्धीको पुनरावेदन खारेज गरिदिएको थियो। सुरतको एक अदालतबाट दोषी ठहर भएका गान्धीले उक्त फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन दिएका थिए।

सुरतको तल्लो अदालतका मुख्य न्यायिक मजिस्ट्रेटले २३ मार्चमा एक मानहानी मुद्दामा गान्धीलाई दुई वर्षको जेल सजाय सुनाएको थियो। अदालतको उक्त आदेशलगत्तै राहुलको सांसद पद गुमेको थियो। गान्धीलाई सुनाइएको सजाय सुप्रिम कोर्टबाटै रोकिएकाले अब उनको सांसद पद पुनर्बहाली भएको छ।

भारतमा २ वर्षभन्दा बढी कैद सजाय पाएका सांसदको सदस्यता पद खारेज हुने कानुन छ। सन् २०१९ को चुनावी सभामा 'सबै चोरको थर मोदी नै किन हुन्छ?' भन्दै दिएको भाषणका कारण उनीमाथि मानहानिको मुद्दा हालिएको थियो।

Shivam cement

 

प्रकाशित: Aug 04, 2023| 15:56 शुक्रबार, साउन १९, २०८०
प्रतिक्रिया दिनुहोस्