मंगलबार, चैत १७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • ओलम्पिक छनोट : बंगलादेशलाई पराजित गरे नेपाल दोस्रो चरणमा पक्का

ओलम्पिक छनोट : बंगलादेशलाई पराजित गरे नेपाल दोस्रो चरणमा पक्का

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- ओलम्पिकका लागि एसियन महिला फुटबल छनोट अन्तर्गत आज (मंगलबार) नेपालले बंगलादेशको सामना गर्दै छ । यदी दोस्रो चरणमा पुगने हो भने नेपालले यो खेल जित्नै पर्ने दबाब छ ।

याङगोनस्थित थुनुवा स्टेडियममा नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार अपरान्ह २:१५ बजे सुरु हुनेछ । नेपालले बंगलादेशलाई पराजित गर्न सके पहिलो पटक ओलम्पिक छनोट खेलि रहेको नेपालले दोस्रो चरणका लागि छनोट हुनेछ । 

प्रतियोगिताकै सवल मानिएका दुई टोली भारत र म्यानमारसँग नेपालले यस अघी १-१ को बराबरी खेलेको छ । यि दुई खेललेले नेपाललको मनोबल उच्च रहेको छ । यता बंगलादेश भने समूहका सुरुवाती दुबै खेलमा फराकिलो अन्तरले पराजित हुदै अंक लालिकाको पुछारमा छ । 

आफ्नो पहिलो खेलमा म्यानमारसँग ५-० ले पराजित भएको बंगलादेश आफ्नो दोस्रो खेलमा  भारतसाग ७-१ को भारी अन्तरले पराजित भएको थियो । समान दुई दुई खेल खेलेको म्यानमार ४ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ भने ४ अंक नै जोडेको भारत गोलअन्तरका आधारमा दोस्रो छ । 

त्यस्तै नेपाल दुई खेलमा दुई अंक सहित तेस्रो स्थानमा छ । प्रत्यक समूहको शीर्ष २ टोली र तेस्रो हुने उत्कृष्ट दुई टोली दोस्रो चरणमा छनोट हुनेछन् । यससँगै नेपालले बंगालदेशलाई पराजित गरेमा शीर्ष दुई अथवा तेस्रो स्थानको उत्कृष्ट दुईमा पर्ने पक्का भएको छ । 

बंगलादेशलाई हराए नेपाललाई समूह उपविजेता बन्न म्यानमार र भारतको खेलमा जित-हारको नतिजा आउनुपर्ने आवश्यकता छ भने भारत र म्यानमार गोलरहित बराबरी भएको खण्डमा नेपाल समूह विजेता हुनेछ । तर नेपालले बंगलादेशलाई भने पराजित गर्नैपर्छ । बंगलादेशले पनि नेपाललाई पराजित गरे दोस्रो चरणमा पुग्ने सम्भावना रहने छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।