शुक्रबार, साउन १५, २०८३

कालीगण्डकीले बगाउँदा बेपत्ता भए युवक

त्रिशूली र कालीगण्डकीको संगम स्थल वेणी संगममा नुहाउँदै गरेका भुसाल नदीले बगाएपछि बेपत्ता भएका हुन्।
 |  शुक्रबार, साउन १९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १९, २०८०

तनहुँ– तनहुँको देवघाट गाउँपालिका–५ स्थित वेणी संगममा कालीगण्डकी नदीले बगाएर एक जना युवक बेपत्ता भएका छन्। बेपत्ता हुनेमा दाङको तुलसीपुर उपमहानगर–१२ का ३२ वर्षीय लोकेन्द्र भुसाल रहेको तनहुँ प्रहरीले जनाएको छ। 

त्रिशूली र कालीगण्डकीको संगम स्थलमा नुहाउँदै गरेका भुसाललाई नदीले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए। बेपत्ता भुसालको खोजी भइरहेको प्रहरीले बताएको छ।

प्रकाशित: Aug 04, 2023| 12:27 शुक्रबार, साउन १९, २०८०
प्रतिक्रिया दिनुहोस्