बुधबार, साउन १४, २०८२

दोलखा पहिरो अपडेटः एक बालकको मृत्यु, तीन बेपत्ता

गए राती गौरीशंकर गाउँपालिका–८ टोपाटारमा गएको पहिरोमा परेर एक बालकको मृत्यु र तीन जना बेपत्ता भएका हुन्।
 |  शुक्रबार, साउन १९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १९, २०८०

vianetvianet

काठमाडौं– दोलखामा पहिरोमा परी एक बालकको मृत्यु र तीन बेपत्ता भएको दोलखा प्रहरीले जनाएको छ। गए राती गौरीशंकर गाउँपालिका–८ टोपाटारमा गएको पहिरोमा परेर एक बालकको मृत्यु र तीन जना बेपत्ता भएका हुन्।

गए रातीदेखि अविरल वर्षासँगै गौरीशंकर–८ मा गएको पहिरोले वडा– ७ को टोपाटारमा अधिक क्षति पुगेको दोलखाका प्रमुख जिल्ला अधिकारी कमलप्रसाद धमलाले बताए।

पहिरोमा बेपत्ता हुनेमा गौरीशंकर–७ का हरिलाल श्रेष्ठ, कृष्णबहादुर मगर र उनकी श्रीमती रहेका छन्। पहिरोमा परेका स्थानीय यज्ञबहादुर थामीका १५ महिने नातिको शव फेला परेको उनको भनाइ छ।

पहिरोमा परेर तीन जना घाइते भएका छन्। बेपत्ताको खोजीका लागि घटनास्थलमा हेलिकोप्टर पठाइएको छ। उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय खटिएका छन्।

प्रकाशित: Aug 04, 2023| 11:08 शुक्रबार, साउन १९, २०८०
प्रतिक्रिया दिनुहोस्