मंगलबार, पुस १, २०८२

किरिया गरेको ६ वर्षपछि नागरिकता!

राष्ट्रिय परिचयपत्र एवं पञ्जीकरण ऐन २०७६ को दफा २४ अनुसार यसअघि भइसकेको मृत्यु दर्ता रद्द गरेर सुभाषलाई नागरिकताको प्रतिलिपि दिइएको प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले बताए।
 |  बिहीबार, साउन २८, २०७८

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

बिहीबार, साउन २८, २०७८

विराटनगर– २०७२ जेठमा मोरङको बेलबारी नगरपालिका ११ लक्ष्मीमार्गका ४० वर्षीय सुभाष तामाङको वैदेशिक रोजगारीका क्रममा साउदी अरबमा रहेका बेला दुर्घटनामा परेर मृत्यु भएको खबर आयो। मृत्युको खबर आएको २८ दिनपछि परिवारले शव पाए। 

National life

त्रिभुवन विमानस्थलमा शव बुझ्न आएकी पत्नी सन्तोषीले सबै प्रक्रिया पूरा गरेर शव बुझिन् र बेलबारीमै लगेर उनको अन्तिम संस्कार गरियो। दुर्घटनामा मृत्यु भएकाले शव छियाछिया भएकाले बाकसबाट खोलेर कसैले हेरेन। सुभाषका पिताले छोराको शव हेरेनछन्। सन्तोषी बेहोस् भएकाले उनले हेर्न सकिनछन्।

परिवारले सुभाषको मृत्यु भएको जानकारी सम्बन्धित निकायलाई दियो। २०७२ साउन ६ गते भोजपुरमा उनको मृत्यु दर्ता गरियो। मृत्यु संस्कारपछि गरिने घेवा पनि सम्पन्न भयो।

तर घरमा सुभाषको काजकिरिया चलिरहँदा उनको भने साउदी अरबमा उपचार भइरहेको थियो। उपचारपछि उनी २०७३ मा घर फर्किए। परिवारका सबै अचम्ममा परे। उनलाई फेरि भकारीमा हालेर जन्माइयो। न्वारान गरियो, नाम राखियाे रेन्छन्। एक छोराछोरालाई साथमा राखेर सन्तोषीसँग बिहे पनि गरियो।

तर, उनी कार्यरत कम्पनीको लापरबाहीका कारण सुभाषको भनेर बागलुङ ढोरपाटन–६ का तेजेन्द्र भण्डारीको शव नेपाल पठाएको रहेछ। तेजेन्द्रले चलाएको गाडी दुर्घटना परेर उनीसहित चार जनाको मृत्यु भएको थियो। गम्भीर घाइते भएका सुभाषको भने उपचार भइरहेको रहेछ। झन्डै चार महिनासम्म उनको होस आएको थिएन।

Laxmi sunrise bank
kumari
राष्ट्रिय परिचयपत्र एवं पञ्जीकरण ऐन २०७६ को दफा २४ अनुसार यसअघि भइसकेको मृत्यु दर्ता रद्द गरेर सुभाषलाई नागरिकताको प्रतिलिपि दिइएको प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले बताए।

निको भएर नेपाल फर्किएपछि सुभाष आफ्नो मृत्यु दर्ता खारेजीमा लागे। मृत्यु दर्ता खारेजी र नागरिकताको प्रतिलिपिका लागि उनी चार वर्षसम्म सरकारी निकायमा धाए। अनेक झन्झट बेहोर्नुपर्‍यो। तर मृतकको सूचीमा परेपछि सरकारी अभिलेखबाट नाम हट्न नसक्दा धेरै समस्या बेहोर्न बाध्य भएका उनले नेपाली नागरिकताको प्रतिलिपि प्राप्त गर्न सकेनन्। निरन्तरको प्रयासपछि उनले बिहीबार नागरिकता प्राप्त गरेका छन्। 

भोजपुरको (साविक कुदाककाउले गाविस–९) हालको षडानन्द नगरपालिका–२ पुरानो ठेगाना भएका उनी भोजपुरबाटै २०६० जेठ २९ गते ४८४१–११–२५५४ नम्बरको नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेर वैदेशिक रोजगारीका लागि साउदी गएका थिए। 

उनको मृत्यु खारेज गर्दै जिल्ला प्रशासन कार्यालय मोरङले नागरिकता दिएको छ। राष्ट्रिय परिचयपत्र एवं पञ्जीकरण ऐन २०७६ को दफा २४ अनुसार यसअघि भइसकेको मृत्यु दर्ता रद्द गरेर सुभाषलाई नागरिकताको प्रतिलिपि दिइएको प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले बताए।

आफू जीवित रहेको सरकारी प्रमाणसहित नेपाली नागरिकता प्राप्त गरेका उनले पुनः विदेश जाने सोच बनाएका छन्। झुठो विवरणका आधारमा मृत्यु दर्ता हुँदा लामो समयदेखि अनावश्यक दुःख पाउनुपरेका कारण सरकारले आफूलाई क्षतिपूर्ति दिनुपर्ने उनको माग छ। 

प्रकाशित: Aug 12, 2021| 22:05 बिहीबार, साउन २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।