शुक्रबार, साउन १५, २०८३

दोलखाको टोपाटारमा पहिरो, ३ जना बेपत्ता

 |  शुक्रबार, साउन १९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १९, २०८०

दोलखाको गौरीशंकर गाउँपालिका–८ मा टोपाटारमा पहिरोले घर बगाउँदा ३ जना बेपत्ता भएका छन्। उनीहरुको पहिचान खुल्न सकेको छैन। 

पहिरोले ३ घर पुरिएकोमा ३ जनाको भने जिवितै उद्धार गरिएको छ। बिहीबार रातिदेखिको वर्षाले सो वडाको सल्ले गाउँका २ वटा घर बगाएको छ भने १५ घर विस्थापित भएका छन्।

दुर्गम क्षेत्र भएकाले पहिरोले गरेको क्षतिको विवरण आउन बाँकी छ। स्थानीय घट्टे खोलामा आएको बाढीले सो गाउँ पुग्ने झोलुंगे पुल पनि बगाएपछि उद्धारमा कठिनाइ भएको छ।

प्रकाशित: Aug 04, 2023| 08:03 शुक्रबार, साउन १९, २०८०
प्रतिक्रिया दिनुहोस्