सोमबार, वैशाख २४, २०८१
  • गृहपृष्ठ
  • विदेश
  • सदनको गरिमाअनुसार ‘व्यवहार गर्न’ सांसदहरूलाई भारतीय सभामुखको आग्रह

सदनको गरिमाअनुसार ‘व्यवहार गर्न’ सांसदहरूलाई भारतीय सभामुखको आग्रह

 |  बुधबार, साउन १७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, साउन १७, २०८०

नयाँ दिल्ली- लोकसभाको मनसुनी सत्र सुरु भएदेखि नै सभामुख ओम बिडलाले सदनको अध्यक्षता नगर्ने बताउनुभएको छ।
 
स्रोतका अनुसार सभामुख बिडलाले सदनको कामकाजलाई लिएर सत्तापक्ष र प्रतिपक्ष दुवैसँग गहिरो असन्तुष्टि व्यक्त गर्नुभएको हो। उहाँले दुवै पक्षलाई सांसदहरूले सदनको गरिमाअनुसार व्यवहार नगरेसम्म आफू लोकसभामा नआउने बताउनुभएको थियो। 

triton college

उनले भने, 'जबसम्म संसद सदस्यहरूले सदनको गरिमाअनुसार व्यवहार गर्दैनन्, संसदको अध्यक्षता गर्नुको औचित्य हुँदैन।'
 
आज पनि सदनको कार्यवाही सुरु हुँदा बिडला सभामुखको आसनमा आएको थिएन। 

यसैबीच, लोकसभामा बुधबार पनि होहल्ला जारी रह्यो जसका कारण बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको थियो। सांसदहरूले मणिपुरको हिंसालाई लिएर संसदमा होहल्ला गरेका थिए। 

यसैबीच, दुई दिने भ्रमणका लागि मणिपुर गएका विपक्षी सांसदहरूको २१ सदस्यीय प्रतिनिधिमण्डलसहित भारतीय राष्ट्रिय विकास समावेशी गठबन्धन ‘इन्डिया’ का कूल ३१ सदस्यले आज राष्ट्रपति मुर्मूसँग भेट गरेका छन्। २१ सदस्यीय प्रतिनिधिमण्डलले जुलाई २८ र २९ मा दुई दिन मणिपुरको भ्रमण गरेको थियो।

प्रकाशित: Aug 02, 2023| 20:00 बुधबार, साउन १७, २०८०
प्रतिक्रिया दिनुहोस्