ऐश्वर्या राय बच्चन र आमिर खान बलिउडका स्टार हुन् । उनीहरू दुवैको चाम र फ्यान संख्या धेरै छ । बलिउडका यी दुई स्टारले एउटै पर्दा सेयर गरेर धेरै काम त गरेका छैनन्। तर आ आफ्नो स्थानमा कडा पक्कड जमाएका छन् । उनीहरुकै सिको गर्दै उनीहरुका सन्तान पनि कलाकारितामा जमेको देख्न थालिएको छ ।
आमिर र ऐश्वर्याका छोरा छोरीले सानैमा स्टेज सेयर धमकेदार प्रस्तुती दिएका छन् । ऐश्वर्याकी छोरी आराध्या र आमिरका छोरा आजाद दुवै धिरुभाइ अम्बानी इन्टरनेसनल स्कूलमा अध्ययनरत छन्। उनीहरुले स्कुलले आयोजना गरेको दसैं कार्यक्रमको अवसरमा आयोजित नाटकमा अभिनय गरेका छन् ।
धिरूभाइ अम्बानी इन्टरनेसनल स्कुलमा अध्ययनरत यी दुईको एक भिडियो अहिले भाइरल भइरहेको छ । कार्यक्रममा भएको नाटक मञ्चनमा यी दुईको केमेस्ट्री निकै मनपराइएको छ ।
नाटकमा आजाद भग्वान राम र आराध्या सिताको भुमिकामा देखिएका थिए । नाटक मञ्चनका लागि गरिने ‘प्रस्याक्टिस’ मा पनि यी दुई मस्ती गरि रहेका र निकै क्फुट देखिएका थिए ।
यस अघि विद्यालयको वार्षिक उत्सवमा उनीहरूले रेल गाडी बोलको गीतमा नृत्य गरेको छन् । यस विद्यालयमा भर्नाको लागि मात्र २४ लाख तिर्नृूपर्छ । त्यस्तै, यस विद्यालयमा प्राय : जसो स्टारका छोराछोरी पढ्ने गर्दछन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४