शुक्रबार, साउन ८, २०८३

रोइरहेको शिशुलाई स्तन चुसाउने एयर होस्टेजको बढुवा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
एयर होस्टेज पेसा संसारका धेरै युवतीको रोजाइमा पर्छ । नेपाललगायत विश्वका अधिकांश मुलुकका सुन्दरीहरु एयर होस्टेज बन्न लालयित हुन्छन् । आमसर्वसाधारण पनि यो पेसालाई मर्यादित रूपमा लिन्छन् । एयर होस्टेजको आकर्षक शरीर र उही प्रकारको ‘ड्रेस अप’ ले सबैको मन खिच्छ । 

बेलाबेलामा उनीहरूले गर्ने सामाजिक कामको पनि सर्वत्र चर्चा हुने गरेको छ । यसको पछिल्लो उदाहरण हो, एयर होस्टेज पत्रिसा ओरगानोले शिशुप्रति देखाएको ममता । उनले विमानमा सवार एकमहिने शिशुलाई आफ्नो स्तन चुसाएर मातृप्रेमको नमुना प्रस्तुत गरेकी छन् ।

फिलिपिन्स एयरलाइन्सको विमानमा यात्रारत आमासँग रहेको दूधको पाउडर सकिएर शिशु  भोकले रुन थालेपछि पत्रिसाले आफ्नै स्तन चुसाएर उदाहरणीय काम गरिन् । बच्चा रुन थालेपछि उनकी आमालाई बच्चालाई दूध खुवाउन आग्रह गरिएको थियो । आमाले आफ्नो दूध नआउने र पाउडर दूध पनि सकिएको बताएपछि एयर होस्टेज पत्रिसाले आफ्नै स्तन चुसाएकी थिइन् । पत्रिसा पनि एकमहिने शिशुकी आमा हुन् ।

आफ्नो यो कामलाई सामाजिक सञ्जाल फेसबुकमा अपलोड गरेपछि उनको सर्वत्र प्रशंसा भएको छ । उनले सामाजिक सञ्जाल फेसबुकमा गरेको पोस्ट यस्तो छ :

उनले बच्चालाई दूध खुवाउनुमा आफ्नो ममताले ठूलो भूमिका खेलेको बताएकी छन् । उनले भनिन्, ‘बच्चा रोएको सुनेर सबै यात्रु दुःखी भएका थिए । मलाई पनि गाह्रो भयो । उडानकै क्रममा मैले बच्चालाई विमानको स्तनपान कक्षमा पुर्‍याएर दूध खुवाएँ ।’

एयरलाइन्सले पत्रिशाको यो कामको तारिफ गर्दै उनलाई बढुवा गरेको छ । उनले दिएको ‘इबैल्युएटर’ पदको टेस्टको नतिजा नआउँदै एयरलाइन्सले उनलाई सोही पदमा बढुवा गरेको छ । 
उनले सामाजिक सञ्जाल फेसबुकमा अपलोड गरेको पोस्टमा एक लाख ७६ हजारभन्दा बढीले लाइक गरेका छन् भने ८४ हजारभन्दा बढी कमेन्ट आएका छन् । उनको पोस्टलाई ३६ हजार पाँच सय बढीले सेयर गरेका छन् ।

गोपनीयताका कारण आफूले बच्चालाई दूध खुवाएको तस्बिर भने पत्रिसाले सम्पादन गरेर राखेकी छन् ।

यो पनि पढ्नुहोस्

आकाशका परी : मुस्कान र सपना 

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।