सोमबार, फागुन १८, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • भारत-श्रीलंकाबीच मछुवा मुद्दाको स्थायी समाधान महत्वपूर्ण'

भारत-श्रीलंकाबीच मछुवा मुद्दाको स्थायी समाधान महत्वपूर्ण'

 |  सोमबार, साउन १५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, साउन १५, २०८०

नयाँ दिल्ली- भारत र श्रीलंकाबीचको सांस्कृतिक र आर्थिक सम्बन्धका लागि मछुवा मुद्दाको ‘स्थायी समाधान’ महत्वपूर्ण रहेको श्रीलंकाले जनाएको छ । 

श्रीलंकाका जलस्रोत, आपूर्ति तथा पूर्वाधार मन्त्री जीवन थोन्डमानले भारत र श्रीलंकाबीचको सम्बन्ध बलियो र घनिष्ठ रहेको बताउँदै आर्थिक सङ्कटका बेला श्रीलंकाको वास्तविक मित्र को हो भन्ने कुरा उजागर भएको बताएका छन्। 

पूर्वाधारमन्त्रीले आफ्नो एक सातालामो भारत भ्रमणपछि चेन्नई विमानस्थलमा पत्रकार सम्मेलन गर्दै उक्त कुरा बताएका हुन्। सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री थोन्डमानले भने, 'गत साता श्रीलंकाका राष्ट्रपति रानिल विक्रमासिङ्घेसँग हामीले दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेका थियौँ। प्रधानमन्त्री मोदीसँगको भेटमा हामीले धेरै विषयमा छलफल गर्यौं र नवीकरणीय क्षेत्रको विकासका लागि सहमति र सम्झौतामा हस्ताक्षर भएको छ।'

उनले आर्थिक सङ्कटका बेला श्रीलंकाको वास्तविक मित्र को हो भन्ने कुरा सारा विश्वले थाहा पाएको बताउँदै भने, 'भारत र श्रीलंकाबीचको सम्बन्ध निकै प्रगाढ र घनिष्ठ छ। यसमा केही शक्तिको घुसपैठले कुनै अर्थ राख्दैन '

श्रीलंकाका मन्त्रीले प्रधानमन्त्री मोदीसँगको भेटमा विशेषगरी तामिल समुदायका साथै मछुवाका मुद्दासँग सम्बन्धित केही विषयमा पनि छलफल भएको बताए। उनले आइतबार तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनलाई पनि भेटेर मछुवाहरूको समस्याको स्थायी समाधानका विषयमा छलफल गरेका थिए। 

kumari

प्रकाशित: Jul 31, 2023| 20:00 सोमबार, साउन १५, २०८०
प्रतिक्रिया दिनुहोस्