शुक्रबार, पुस ४, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • युक्रेनी ड्रोनद्वारा रूसी प्रहरी चौकीमा आक्रमण, कुनै हताहत नभएको रूसको दाबी

युक्रेनी ड्रोनद्वारा रूसी प्रहरी चौकीमा आक्रमण, कुनै हताहत नभएको रूसको दाबी

 |  सोमबार, साउन १५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, साउन १५, २०८०

किभ- युक्रेनी ड्रोनले रूसको सीमावर्ती क्षेत्र ब्रायन्स्कको एक प्रहरी चौकीमा आइतबार रातभर आक्रमण गरेको तर कुनै पनि व्यक्तिको मृत्यु नभएको क्षेत्रीय गभर्नरले बताएका छन्। 

National life

अलेक्जेन्डर बोगोमाजले टेलिग्राममा भनेका छन्, 'युक्रेनी सेनाले ट्रुब्चेभ्स्की जिल्लामा राति आक्रमण गरेको छ। यस जिल्लाको प्रहरी चौकीमा एउटा ड्रोन ठोक्किएको थियो। आक्रमणबाट झ्याल र छानामा क्षति पुगेको छ तर कुनै हताहती भने भएको छैन।'

मस्को र क्रिमिया प्रायद्वीपलाई लक्षित गरी युक्रेनी ड्रोन खसालिएको र यसले राजधानीका दुई कार्यालय टावरमा क्षति पुर्‍याउनुका साथै एउटा अन्तर्राष्ट्रिय विमानस्थलमा केही समयका लागि उडान अवरूद्ध भएको रूसले जनाएको छ। 

मस्कोलाई लक्षित गरी बनाइएको एउटा ड्रोन शहरको बाहिरी इलाकामा खसालेको र अन्य दुई ड्रोनलाई ‘इलेक्ट्रोनिक वारफेयरले दबाएर’ कार्यालय परिसरमा खसालेको रूसी रक्षा मन्त्रालयले जनाएको छ।

युक्रेनी सीमाबाट करिब ५०० किलोमिटर (३१० माइल) टाढा रहेको मस्को र यसको वरपरको इलाकालाई युक्रेनमा जारी द्वन्द्वका बेला यस वर्ष कैयौँ ड्रोन आक्रमण भए पनि यसले कमै मात्रमा मानवीय निशाना बनाएको थियो।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jul 31, 2023| 20:25 सोमबार, साउन १५, २०८०
प्रतिक्रिया दिनुहोस्