बिहीबार, जेठ २१, २०८३

महेन्द्रेश्वर महादेवमा विशेष पूजा [तस्बिरहरु]

 |  सोमबार, साउन १५, २०८०

शिरिषमान महर्जन

शिरिषमान महर्जन

सोमबार, साउन १५, २०८०

साउन महिनाको सोमबार पारेर आज हनुमानढोका परिसरमा रहेको महेन्द्रेश्वर महादेव मन्दिरमा विशेष पूजा गरिएको छ। मन्दिरको प्रवेशद्वारसँगै रहेको भगवान शिवजीको मूर्तिलाई दूधले स्नान गराई विशेष पूजा गरिएको हो।

National life

यहाँ हरेक वर्ष साउनको सोमबार दुग्ध स्नानसहित विशेष पूजा गर्ने गरिन्छ। एक प्रचलित किंवदन्ती अनुसार राजा महिन्द्र मल्ल दिनहुँ पशुपतिनाथ धाई भक्ति गरेको देखेर शिव प्रशन्न भई राजाले भनेकै स्थानमा आएर बसिदिने वरदान दिएका थिए। त्यसअनुसार तत्कालिन दरबारको उत्तर दिशामा नेपाल सम्वत् ६७४ मा पशुपतिनाथको जस्तै मन्दिर बनाई राजा महेन्द्र मल्लले श्री महेन्द्रेश्वर महादेव प्रतिस्थापन गरेको भनाइ छ।

त्यसबेलादेखि हनुमानढोका परिसरसँगै मखन टोलमा रहेको यो महेन्द्रेश्वर महादेवलाई पशुपतिनाथको रुपमा पुज्ने गरिएको हो।

Shivam cement

 

प्रकाशित: Jul 31, 2023| 13:00 सोमबार, साउन १५, २०८०
प्रतिक्रिया दिनुहोस्