आइतबार, जेठ ६, २०८१
  • गृहपृष्ठ
  • विदेश
  • बंगलादेशकी प्रधानमन्त्री हसिनाको राजीनामा मागसहित प्रदर्शन बढ्दो

बंगलादेशकी प्रधानमन्त्री हसिनाको राजीनामा मागसहित प्रदर्शन बढ्दो

 |  आइतबार, साउन १४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, साउन १४, २०८०

ढाका- बंगलादेशमा प्रधानमन्त्री शेख हसिनाको राजीनामाको माग गर्दै विपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)का समर्थकहरूले व्यापक प्रदर्शन गरिरहेका छन्।

triton college

प्रदर्शनकारीहरुले राजधानी ढाकाका प्रमुख सडक अवरुद्ध गरेपछि प्रहरीले अश्रुग्यास र रबरको गोली प्रहार गरेको छ। बीएनपीले दर्जनौँ समर्थक घाइते भएको र १२० भन्दा बढी सदस्यलाई पक्राउ गरिएको भनेको छ।

बढ्दो मुद्रास्फीति र जीविकोपार्जन संकटका बीच देशमा आर्थिक स्थिति बिग्रँदै गएपछि बीएनपीले पछिल्ला महिनाहरूमा हजारौँ पार्टी समर्थक सडकमा उतारेर विरोध र्‍याली निकालेको छ।

प्रधानमन्त्री हसिना र उनको अवामी लिग पार्टीले सन् २००९ देखि बंग्लादेशको सत्ता सम्हालेको छ। यसबीच जनवरी २०२४ का लागि तय निर्वाचनअघि प्रधानमन्त्री हसिनाले राजीनामा दिनुपर्ने माग विपक्षी बीएनपीले राखेको छ।

शुक्रबारको विरोध प्रदर्शनमा बीएनपीका महासचिव मिर्जा फखरुल इस्लाम आलमगीरले वर्तमान सरकारको नेतृत्वमा निष्पक्ष निर्वाचन हुने सम्भावना नरहेको भनेका थिए। त्यसैले तटस्थ कार्यवहाक सरकारको नेतृत्वमा निर्वाचन गराउनु पर्ने माग राख्दै बंग्लादेशमा अहिले विरोध प्रदर्शन भइरहेको हो।

corrent noodles
Metro Mart

तर, बंगलादेशको सरकारले कार्यवहाक सरकार गठन गर्नु असंवैधानिक भएको भन्दै प्रतिपक्षको मागलाई अस्वीकार गरेको छ।

'देशका हरेक महत्वपूर्ण संस्थालाई ध्वस्त पारिएको र जनताको अधिकार खोसिएको छ। हरेक अत्यावश्यक वस्तुको मूल्यवृद्धिले जनताको जीवन कष्टकर बनेको छ,' आलमगीरले आफ्ना समर्थकलाई भने।

बीएनपीकी लिडर एवं पूर्वप्रधानमन्त्री खालिदा जियाले हसिनाले सन् २०१४ र सन् २०१८ को निर्वाचनमा धाँधली गरेको आरोप लगाएकी छन्। उनी हाल भ्रष्टाचारको आरोपमा घरमै नजरबन्द छन्।

हसिनाको पार्टी अवामी लिगले यी आरोप अस्वीकार गरेको छ। एक गैरनिर्वाचित र गैरदलीय कार्यवहाक प्रशासनलाई नयाँ संसदीय चुनाव गराउन शक्ति हस्तान्तरण गर्ने बंग्लादेशको १५ वर्ष पूरानो संवैधानिक प्रावधानलाई सन् २०११ मा त्यहाँको सर्वोच्च अदालतले खारेज गरेको थियो।

प्रकाशित: Jul 30, 2023| 19:55 आइतबार, साउन १४, २०८०
प्रतिक्रिया दिनुहोस्