मंगलबार, चैत १७, २०८२

फिना विश्वकपमा सहभागि हुने पौडी खेलाडी बिदाई

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- सिंगापुरमा आयोजना हुने फिना वल्ड कप २०१८ मा सहभागी हुन जाने नेपाली पौडी टोलीलाई नेपाल पौडी संघका महासचिव जगतमान श्रेष्ठले एक कार्यक्रमविच बिदाई गरे ।

यही नोभेम्बर १५ देखि १७ सम्म आयोजना हुने प्रतियोगितामा खेलाडी तर्फ डुवाना लामा, उपास्ती महर्जन तथा साईद हम्जा शाह, प्रशिक्षकमा रत्नलाल महर्जन तथा व्यवस्थापकमा बिष्णु खड्का रहेका छन् । 

प्रतियोगितामा डुवाना र उपास्तीले ५० मि. फ्रि स्टायल र ५० र १०० मि. बेष्ट स्ट्रोक तथा शाहले ५० मि. फ्रि स्टायल, ५० र १०० मि. बेष्ट स्ट्रोक र ५० र १०० मि. बटरफ्लाईमा प्रतिस्पर्धा गर्ने छन् । सवै खेलाडीहरुको पहिलो अन्तराष्ट्रिय सहभागिता हो । 

टोलीलाई बिदाई गर्दै महासचिव श्रेष्ठले उत्कृष्ट सफलता हात पार्न शुभकामना दिए । यस प्रतियोगितामा नेपाली खेलाडीहरुले आफ्नो व्यक्तिगत समयमा सुधार गर्ने र आगामी दिनमा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता तथा १३ औं दक्षिण एशियाली खेलकुदमा राम्रो नतिजा प्राप्त गर्न सफल हुने प्रमुख प्रशिक्षक शंकर कार्कीले बताए । नेपाली टोली आईतबारनै त्यस तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।