आइतबार, असोज ५, २०८२
  • गृहपृष्ठ
  • समाज
  • महेन्द्रनगरमा युवक मृत्यु प्रकरण : होटलमा सँगै बसेकी युवती पक्राउ 

महेन्द्रनगरमा युवक मृत्यु प्रकरण : होटलमा सँगै बसेकी युवती पक्राउ 

 |  आइतबार, साउन १४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, साउन १४, २०८०

काठमाडौं- महेन्द्रनगरको एक होटलमा सँगै बसेका युवकको मृत्यु भएपछि होटलमा सँगै बसेकी युवती पक्राउ परेकी छन्। आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धानका लागि कैलालीको धनगढी उपमहानगरपालिका–१४ की युवती पक्राउ परेकी हुन।

Kumaribank

शुक्रबार महेन्द्रनगरस्थित होटलमा बास बसेका कैलालीको धनगढी उपमहानगरपालिका–४ बोराडाडीका ३७ वर्षीय विष्णु पनेरुको शनिबार उपचारको क्रममा मृत्यु भएको थियो।

बेहोस भेटिएका उनको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। पनेरुको परिवारले धनगढीकै एक युवतीविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दामा जाहेरी दिएका थिए। ती युवती मृतक पनेरुसँगै धनगढीबाट महेन्द्रनगर आएर होटलमा बसेकी थिइन्।

पनेरुको मृत्यु घटनाको अनुसन्धानका लागि ती युवतीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी प्रकाश डाँगीले जानकारी दिए। 

मृतकका आफन्तले घटना शंकास्पद भएको भन्दै ती युवतीविरुद्ध जाहेरी दिएका हुन्। प्रहरीका अनुसार बसेको होटलको विषादीको बट्टा पनि भेटिएको थियो। घटना सम्बन्धमा अनुसन्धान भइरहेको डीएसपी डाँगीले जानकारी दिएका छन्। 

Metro Mart

प्रकाशित: Jul 30, 2023| 19:00 आइतबार, साउन १४, २०८०
प्रतिक्रिया दिनुहोस्