बिहीबार, साउन ७, २०८३

नेपाल र म्यानमारबीचको पहिलो हाफ १-१ को बराबरी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- ओलम्पिक एसियन महिला फुटबल छनोट अन्तर्गतको जारी खेलमा नेपाल र म्यानमारले पहिलो हाफ बराबरी खेलेको छ । सुरुवाती अग्रता लिएको नेपालले अग्रता जोगाउन नसक्दा पहिलो हाफ १-१ को बराबरीमा सकिएको हो । 

म्यानमारको याङगोनस्थित थुनुवा स्टेडियममा सुरु भएको खेलमा नोपलका लागि फरवार्ड सावित्रा भण्डारीले गोल गरेकी थिइन् । उनले खेलको दोस्रो मिनेटमा नै गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिइन् । 

तर, त्यसको केही समयमा नै घरेलु टोली म्यानमारले गोल फर्काउदै खेल बराबरीमा ल्याए । आइतबार नै भएको खेलमा भारतले बंगलादेशलाई ७-१ ले हराएको छ । जितसँगै समूह ‘सी’ को भारतले फराकिलो जित निकालेसँगै नेपाललाई भने चुनौती थपिएको छ । 

२ खेलबाट ४ अंक जोडेको भारत शीर्ष स्थानमा उक्लदै छनोटको दोस्रो चरण पुग्ने सम्भावना जीवितै राखेको छ । नेपाललाई दोस्रो चरणमा पुग्न यो खेल र कार्तिक २७ गते बंगलादेशसँगको खेल महत्वपूर्ण भएको छ । 

छनोटमा नेपालले आफ्नो पहिलो खेल भारतसँग १-१ को बराबरी खेलेको थियो भने म्यानमारले आफ्नो पहिलो खेलमा बंगलादेशलाई ५-० ले पराजित गरेको थियो ।

नेपालले घरेलु टोली म्यानमारलाई रोक्नु पर्ने छ म्यानमारसँग पराजित भएमा नेपालको छनोटको दोस्रो चरण सम्भावना निकै कठिन हुनेछ । समूह सी मा रहेको नेपालको १ अंक छ भने म्यानमारको ३ अंक छ । र बंगलादेश पुछारमा छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।