शुक्रबार, जेठ २९, २०८३

पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध

 |  आइतबार, साउन १४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, साउन १४, २०८०

पाल्पा- पहिरो खसे पछि सिद्धार्थ राजमार्ग आज बिहानैदेखि अवरुद्ध भएको छ। सिद्धबाबा सुरुङमार्ग क्षेत्रमा पहिरो खसेपछि सो राजमार्ग अवरुद्ध भएको हो।

National life

जिल्ला प्रहरी कार्यालयका अनुसार सो राजमार्गको पाल्पा–बुटवल सडक खण्डको तिनाउ गाउँपालिका–३, दोभान ड्यामसाइड क्षेत्रमा ठूलो पहिरो खसेपछि राजमार्ग अवरुद्ध हुन पुगेको हो।

पहिरो खसेर राजमार्ग अवरुद्ध भए पछि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन बिहानदेखि नै पहिरो खुलाउने प्रयास गरिरहेको छ। 

कर्पोरेसनका अनुसार ब्रेकर लगाएर ढुंगा फुटाएर सवारी साधन सञ्चालन गर्न सकिने भन्दै काम सुचारु गरिएको हो। ठूलाठूला ढुंगा र लेदोसहितको पहिरो सिद्धबाबा सुरुङमार्गको उत्तरतर्फको प्रवेश विन्दुमा खसेको छ।

प्रकाशित: Jul 30, 2023| 10:29 आइतबार, साउन १४, २०८०
प्रतिक्रिया दिनुहोस्