शुक्रबार, साउन २३, २०८२

रोल्पामा विषालु च्याउ खाएर बिरामी परेकी महिलाको मृत्यु

 |  आइतबार, साउन १४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, साउन १४, २०८०

vianetvianet

काठमाडौं- रोल्पामा विषालु च्याउ खाँदा एक जनाको निधन भएको छ। लुङ्ग्री गाउँपालिका–५ बुझिङकी २६ वर्षीया बिमला बिकको निधन भएको प्रहरीले जनाएको छ।

विषालु च्याउ खाएर बिरामी भएकी उनको बुटवलस्थित लुम्बिनी सिटी हस्पिटलमा उपचार भइरहेकोमा शनिबार बिहान उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाको भनाइ छ।

गत असार २६ गते बिषालु च्याउ खादा बिमलासँगै उनको परिवारका चार जना बिरामी परेका थिए।

बिमलाको अवस्था जटिल बनेपछि थप उपचारको लागि ३१ असारमा लुम्बिनी सिटी हस्पिटल पुर्‍याइएको थियो। उनको शनिबार बिहान उपचारको क्रममा मृत्यु भएको हो।

प्रकाशित: Jul 30, 2023| 08:19 आइतबार, साउन १४, २०८०
प्रतिक्रिया दिनुहोस्