मंगलबार, चैत १७, २०८२

ओलम्पिक छनोट : नेपाल र म्यानमारबीचको खेल सुरु 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari

काठमाडौं- ओलम्पिक एसियन महिला फुटबल छनोट अन्तरगत नेपाल र म्यानमारबीचको खेल सुरु भएको छ । छनोटको आफ्नो पहिलो खेलमा भारतसँग १-१ को बराबरी खेलेको नेपालले बलियो टोली म्यानमारसँग खेल्न लागेको हो । 

म्यानमारले आफ्नो पहिलो खेलमा बंगलादेशलाई ५-० ले पराजित गर्दै आफुलाई परिमाणित गरि सकेको छ । म्यानमारको याङगोनस्थित थुनुवा स्टेडियममा सुरु भएको खेलमा नेपाल म्यानमारविरुद्ध जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रिएको छ । 

किनकी दोस्रो चरणमा पुग्न नेपालले घरेलु टोली म्यानमारलाई रोक्नु पर्ने छ म्यानमारसँग पराजित भएमा नेपालको छनोटको दोस्रो चरण सम्भावना निकै कठिन हुनेछ । म्यानमारपछि नेपालले अन्तिम खेलमा कार्तिक २७ गते बंगलादेशसँग खेल्नेछ । 

समूह सी मा रहेको नेपाल १ अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ । म्यानमार भने ३ अंक जोडेर शीर्ष स्थानमा छ । १ अंक जोडेको भारत तेस्रो र बंगलादेश पुछारमा छ । 

प्रत्येक समूहका विजेता र उपविजेताले दोस्रो चरणको छनोटमा स्थान बनाउनेछन् । यस्तै तेस्रो हुनेमा उत्कृष्ट दुईले समेत दोस्रो चरणको यात्रा तय गर्नेछन् । ओलम्पिकका लागि पहिलो चरणमा एसियाबाट १८ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।