शुक्रबार, जेठ २९, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक इन्जिनियर बलात्कार आरोपमा पक्राउ

मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक इन्जिनियर बलात्कार आरोपमा पक्राउ

 |  शुक्रबार, साउन १२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १२, २०८०

काठमाडौं- मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक इन्जिनियर हरिकुमार पोखरेल बलात्कार आरोपमा पक्राउ परेका छन्।

National life

काठमाडौं प्रहरी परिसरको टोलीले पोखरेललाई त्रिपुरेश्वरबाट पक्राउ गरेको बुझिएको छ। एक युवतीले बलात्कारको आरोप लगाएपछि अनुसन्धानका लागि ५२ वर्षीय पोखरेललाई पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीले जानकारी दिए।

ब्लु क्रस अस्पतालमा उपचारका लागि आएका पोखरेललाई प्रहरीले नियन्त्रणमा लिएको थियो। प्रहरीका अनुसार पोखरेलविरुद्ध उनकै घरमा काम गर्न राखिएकी युवतीले उजुरी गरेकी हुन्।

ती युवतीले केही समय अघि सामाजिक सन्जालमा आफूलाई पोखरेलले बलात्कार गरेको भन्दै भिडियोसमेत राखेको थिइन्। घरमा कोही नभएको मौकामा आफूमाथि पटक पटक यौन दुव्यवहार गरेको बताएकी थिइन् ।

प्रकाशित: Jul 28, 2023| 19:21 शुक्रबार, साउन १२, २०८०
प्रतिक्रिया दिनुहोस्