शनिबार, साउन १६, २०८३

सप्तरीमा हत्या भएको अवस्थामा एक युवकको शव फेला

 |  शुक्रबार, साउन १२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १२, २०८०

सप्तरी- सप्तरीमा आज एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ। तिलाठी कोइलाडी गाउँपालिका–७ मन्सापुर गाउँ नजिक हनुमाननगर कङ्कालिनी नगरपालिका–१० इनर्वाका २१ वर्षीय तीर्थनारायण मण्डलको शव फेला परेको जिल्ला प्रहरीले  कार्यालयले जनाएको छ।

हत्या गरिएको अवस्थामा मण्डलको शव हिलोमा फेला परेको र अजय मण्डल नामका अर्का युवक घाइते अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता नरेशकुमार सिंहले जानकारी दिए।

स्थानीयवासीले हिलोमा शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए। घटनाबारे अनुसन्धान भइरहेको उनले बताए। 
 

प्रकाशित: Jul 28, 2023| 17:59 शुक्रबार, साउन १२, २०८०
प्रतिक्रिया दिनुहोस्