शुक्रबार, जेठ २९, २०८३

मिटरब्याजसम्बन्धी विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

 |  शुक्रबार, साउन १२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १२, २०८०

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले मिटरब्याजसम्बन्धी समस्या समाधान गर्न सरकारले ल्याएको विधेयकलाई प्रमाणीकरण गरेका छन्।

National life

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार राष्ट्रपति पौडेलले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० लाई प्रमाणीकरण गरेका हुन्।

राष्ट्रपति पौडेलले शुक्रबार उक्त विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेका हुन्। राष्ट्रिय सभामा उत्पत्ति भएको उक्त विधेयक प्रमाणीकरण भई ऐनको रूप लिएसँगै मिटरब्याजबाट पीडित भएकाहरूले न्याय पाउने प्रक्रिया सहज हुने अपेक्षा गरिएको छ।

 

प्रकाशित: Jul 28, 2023| 16:13 शुक्रबार, साउन १२, २०८०
प्रतिक्रिया दिनुहोस्