शुक्रबार, जेठ २९, २०८३

सवारी दुर्घटनामा दुईको मृत्यु, पाँचजना मृत फेला

 |  शुक्रबार, साउन १२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १२, २०८०

काठमाडौं, चन्द्रगिरी नगरपालिका-४ पानीघाट भन्दा माथि हिमचुली भन्ने ठाउँमा बा.१० च  ३५४६ नम्बरको भ्यान सडकबाट करिब २ सय मिटर तल खसेर शुक्रबार दिउँसो दुर्घटना हुँदा चालक समेत २ जनाको मृत्यु भएको छ।

National life

चालक २० वर्षीय नमराज भएको बताइए  पनि हालसम्म दुवै जना मृतकको एकिन नाम, थर, वतन खुल्न सकेको छैन। काठमाडौंबाट चित्लाङतर्फ जाने क्रममा हिलोमा फसेको उक्त भ्यानलाई धकेल्दा ओभर स्पिड भई रोडबाट खसेर दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको छ।दुर्घटनास्थलमा तत्काल खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै आवश्यक अनुसन्धान गरिरहेको छ।

मृत फेला
तनहुँ, ब्यास नगरपालिका-१० बोटेगाँउ बैरेनीस्थित मादी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन्।

नवलपरासी (पूर्व), गैंडाकोट नगरपालिका-१३ शिखरौलीस्थित नारायणी नदीमा हाल नाम, थर, वतन, नखुलेकी अन्दाजी ५० वर्षीया महिला शुक्रबार मृत अवस्थामा फेला परेकी छन्।

नवलपरासी (पश्चिम), रामग्राम नगरपालिका-५ स्थित राना फास्ट फुड होटल संचालन गरी बस्ने पर्वत पैयूं गाउँपालिका-७ भोर्ले घर भएका ३६ वर्षीय टेक बहादुर राना सोही होटलको आफु सुत्ने कोठामा शुक्रबार मृत अवस्थामा फेला परेका छन्।

Shivam cement

ताप्लेजुङ, सिरिजंगा गाउँपालिका-३ ओर्पा घर भई फुङलिङ नगरुपालिका-५ बुद्ध चोकमा डेरा गरी बस्ने ५२ वर्षीया सृजना लिम्बु आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेकी छन्।

जाजरकोट, नलगाड नगरपालिका-१ बस्ने ३८ वर्षीय हरिस बिक सोही ठाउँस्थित कोदेको जंगलमा भीरबाट खसेर मृत्यु भएको अवस्थामा शुक्रबार फेला परेका छन्। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Jul 28, 2023| 16:03 शुक्रबार, साउन १२, २०८०
प्रतिक्रिया दिनुहोस्