शुक्रबार, साउन २३, २०८२

सांसद साउदको निर्वाचन खर्च २१ लाख ६० हजार

 |  शुक्रबार, साउन १२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १२, २०८०

vianetvianet

काठमाडौं- परराष्ट्रमन्त्रीसमेत रहेका संघीय सांसद एनपी साउदले फेरि आफ्नो निर्वाचन खर्च सार्वजनिक गरेका छन्। निर्वाचन आयोगले जरिवाना तिराउने निर्णय गरेपछि उनले विवरण पुन: सार्वजनिक गरेका हुन्।

पछिल्लो आम निर्वाचनमा कञ्चनपुर क्षेत्र नम्बर २ बाट विजयी उनले जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरमा यसअघि नै बुझाइएको चुनावी खर्चको विवरण सार्वजनिक गरेका छन्। निर्वाचन खर्च सार्वजनिक नगरेको भन्दै आयोगले केही दिनअघि उनीसहित २४ सय ३५ उम्मेदवारलाई जनही १५ हजार रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको थियो।

‘मैले निर्वाचन आयोगमा २०७९ पुस २५ गते आफ्नो खर्च विवरण बुझाइसकेको थिएँ। बुझाएको विवरण सार्वजनिक गरेर आयोगलाई समेत त्यससम्बन्धी जानकारी गराउनु पर्ने रहेछ। यसअघि निर्वाचन कार्यालय कञ्चनपुरमा बुझाइसकेको खर्च विवरण सामाजिक सञ्जाल, कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने कृष्णपुर नगरपालिका कार्यालयको सूचना पाटी, जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरको सूचना पाटीमार्फत पुनः सार्वजनिक गरेको छु,’ उनले भनेका छन्।

सार्वजनिक गरिएको विवरणअनुसार उनले २१ लाख ५९ हजार ४२१ रुपैयाँ खर्च गरेका छन्। सबैभन्दा धेरै ६ लाख ७८ हजार २८ रुपैयाँ उनले इन्धनका लागि खर्च भएको जनाएका छन्। सबैभन्दा कम उम्मेदवारी दर्तामा १० हजार रुपैयाँ खर्च भएको छ। नमुना मतपत्र र आफ्नो घोषणापत्र छपाइमा ५ लाख १७ हजार ५ सय खर्च भएको उनले जनाएका छन्।

प्रकाशित: Jul 28, 2023| 14:29 शुक्रबार, साउन १२, २०८०
प्रतिक्रिया दिनुहोस्