बिहीबार, साउन ७, २०८३

रोनाल्डो र मेस्सी बालोन डि’ओरको शीर्ष तीनबाट बाहिर

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- पछिल्लो दशक अर्जेन्टिनी सुपर स्टार तथा पोर्चुगिज सुपर स्टार क्रिस्टियानो रोनाल्डोको दबदबा रहेको बालोन डि’ओरमा यस बर्ष द्वोय मेस्सी र रोनाल्डोले बालोन डि’ओर अवार्ड उचाल्लान त ? भन्ने  प्रश्न उठेको छ । 

यस बर्षको बालोन डि’ओरका लागि खेलकुद पत्रकारले खसालेका आधा मत   गणना भैसक्दा मेस्सी र रोनाल्डो शीर्ष तीनमा पर्न सकेका छैनन् । २००७ मा ब्राजिलियन स्टार खेलाडी काकाले उक्त अवार्ड उचाले पछि २००८ देखी रोनाल्डो र मेस्सीले पाँच पाँच पटक बालोन डि’ओर अवार्ड सेयर गरेका थिए ।
 
यस बर्ष भने मेस्सी र रोनाल्डो क्रोएसिया तथा रियल मड्रिडका मिडफिल्डर लुका मोड्रिचको छाँयामा परेका छन् । मोड्रिचले यसै बर्षको सेप्टेम्बरमा रोनाल्डो र लिभरपुलका फरर्वाड मोहमद सलाहलाई पछि पार्दै फीफा बर्षको उत्कृष्ट खेलाडी अवार्ड जितेका थिए । 

फ्रान्सेली रेडियो पत्रकार एरिक माम्रुथका अनुसार दुई सुपर स्टार शिर्ष तीनमा नपरेको खुलसा गरेका छन् । अवार्डका लागि खसेका आधा मत गणना भइसक्दा मोड्रिचले सबैलाई पछ्छाइ रहेको एरिकले बताएका छन् । 

त्यस्तै फ्रान्सेली युवा खेलाडी राफेल भराने दोस्रो स्थानमा छन् भने उनकै टिम सहकर्मी युवा स्टार खेलाडी केलियन एमबाप्पे तेस्रो स्थानमा छन् ।
 
के छैठौं पटक मेस्सी र रोनाल्डोले बालोन डि’ओरको उपाधि उचाल्न सक्लान त ? डिसेम्वरमा सार्वजनिह हुने यस अवार्डका लागि यो प्रश्न तपाईलाई ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।