आइतबार, साउन १७, २०८३

फिलिपिन्समा डुंगा डुब्दा ३० जनाको मृत्यु

 |  शुक्रबार, साउन १२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १२, २०८०

क्षमताभन्दा धेरै यात्री बोकेको यात्रीबाहक एउटा डुंगा फिलिपिन्सको राजधानी मनिला नजिक रहेको एउटा तालमा दुर्घटना हुँदा ३० जनाको मृत्यु भएको छभने ४० जनाको उद्धार गरिएको छ। ४२ जना यात्री क्षमताको उक्त  डुंगामा ७० जना सवार थिए।

तालमा हुरी चलेको त्यसबाट त्रस्त अधिकांश यात्री डुंगाको एक भागमा एकत्रित हुँदा सन्तुलन बिग्रेर दुर्घटना भएको फिलिपिन्सका तटरक्षकले बताएका छन्। बिनगोनान नगरपालिकाको बन्दरगाहबाट लागुना तालमा रहेको टापुतर्फ गइरहेका बेला बिहीबार अपराह्न उक्त दुर्घटना भएको हो।

सात सयभन्दा बढी टापु भएको फिलिपिन्समा जल यातायात सुरक्षा नियम पालना नहुँदा वर्सेनि सयौंले ज्यान गुमाउने गरेका छन्।

प्रकाशित: Jul 28, 2023| 13:54 शुक्रबार, साउन १२, २०८०
प्रतिक्रिया दिनुहोस्