शुक्रबार, साउन २३, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • बच्चालाई गलत खोप लगाउने कान्ति अस्पताललाई ३० लाख क्षतिपूर्ति तिर्न सर्वोच्चको आदेश

बच्चालाई गलत खोप लगाउने कान्ति अस्पताललाई ३० लाख क्षतिपूर्ति तिर्न सर्वोच्चको आदेश

 |  शुक्रबार, साउन १२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १२, २०८०

vianetvianet

काठमाडौं- कान्ति बाल अस्पतालले एक बालकलाई गलत खोप लगाएर चिकित्सकीय लापरबाही गरेको मुद्दामा सर्वोच्च अदालतले ३० लाख क्षतिपूर्ति दिन आदेश दिएको छ। न्यायाधीश हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उक्त आदेश गरेको हो।

श्वासप्रश्वासमा समस्या भएर कान्ति बाल अस्पतालको इमर्जेन्सीमा उपचार गर्न पुर्‍याइएका ८ महिनाका बाल आलोक बराललाई गलत खोप दिँदा क्षति पुगेको भन्दै उक्त रकम भराउन आदेश गरिएको हो। पीडित बालकका बुबा ध्रुवकुमार विश्वकर्माले अर्कै बालकका लागि तयार पारिएको मेनेन्जाइटिस मलेरियाको खोप आफ्नो बच्चामा लगाउँदा उनको स्वास्थ्यमा क्षति पुगेको भन्दै उजुरी गरेका थिए। २०७३ साल असार २२ गते ती बालक उपचारका लागि कान्ति अस्पतालको इमर्जेन्सीमा पुर्‍याइएका थिए।

त्यही राति शम्भु विक नामका अर्कै बालकका लागि तयार उक्त खोप आलोकलाई लगाइएको थियो। त्यसपछि बच्चामा सास फेर्न गाह्रो हुने, दिसापिसाब चुहिनेजस्ता लक्षण देखिएका थिए। जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंको तर्फबाट डा. आयुष्मा रेग्मीले तयार गरेको प्रतिवेदनअनुसार ती लक्षण मेनेन्जाइटिस मलेरियाको खोपको साइड इफेक्टबाट देखिने प्रमाणित हुने अदालतको ठहर छ।

‘सो लक्षणहरु इन्जेक्सन मोन्टाजको साइड इफेक्टको लक्षणसँग मिलेको पाइयो। यसरी अस्पतालको लापरवाहीका कारण गलत औषधीको अधिक मात्रा  प्रयोग गरी ८ महिनाको बच्चाको ज्यान नै जान सक्ने गरी आजीवन शारीरिक तथा मानसिक लगायतका असर परेको देखिँदा निज पीडित बालकलाई अस्पतालबाट क्षतिपूर्ति भराई दिनुपर्ने अप्रत्यक्ष दायित्व सिर्जना भएको देखियो,’ आदेशमा भनिएको छ।

अस्पतालको लापरबाहीबाट बच्चाको स्वास्थ्यमा असर पुगेको बताउँदै जिल्ला क्षतिपूर्ति समिति काठमाडौंले १५ लाख रुपैयाँ अस्पतालले क्षतिपूर्ति दिनुपर्ने निर्णय गरेको थियो। त्यसपछि जिल्ला, उच्च हुँदै मुद्दा सर्वोच्च अदालतसम्म पुगेको हो।

Metro Mart

 

प्रकाशित: Jul 28, 2023| 13:20 शुक्रबार, साउन १२, २०८०
प्रतिक्रिया दिनुहोस्