शुक्रबार, जेठ २९, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक पोखरेल बलात्कार आरोपमा पक्राउ

मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक पोखरेल बलात्कार आरोपमा पक्राउ

 |  शुक्रबार, साउन १२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १२, २०८०

काठमाडौं- जबरजस्ती करणी आरोपमा मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक इन्जिनियर हरिकुमार पोखरेल पक्राउ परेका छन्। काठमाडौं प्रहरीले पोखरेललाई आज त्रिपुरेश्वरबाट पक्राउ गरेको हो।

National life

आरोप लागेपछि पोखरेल त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालमा उपचारका लागि भन्दै भर्ना भएर बसेका थिए। आफ्नो घरमा काम गर्ने एक किशोरीलाई बलात्कार गरेको आरोप पोखरेलमाथि लागेको छ।

ती किशोरीले  सामाजिक सन्जालमा आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै भिडियो पोस्ट गरेकी थिइन्।
 

 

प्रकाशित: Jul 28, 2023| 12:22 शुक्रबार, साउन १२, २०८०
प्रतिक्रिया दिनुहोस्