शुक्रबार, जेठ २९, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • गुणस्तरमा गुनासो आएपछि दुधजन्य उत्पादनमा नियमनकारी निकायको निगरानी

गुणस्तरमा गुनासो आएपछि दुधजन्य उत्पादनमा नियमनकारी निकायको निगरानी

 |  शुक्रबार, साउन १२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १२, २०८०

बागलुङ- बागलुङ बजारमा बिक्री वितरण भइरहेको दुग्धजन्य पदार्थको गुणस्तरका विषयमा उपभोक्ताको गुनासो आएपछि नियमनकारी निकायले निगरानी बढाएका छन्।

National life

जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा बागलुङ नगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, जिल्ला प्रहरी कार्यालय, राष्ट्रिय उपभोक्ता मञ्च लगायतका नियमनकारी निकाय सक्रिय भएका हुन्।

बिहीवार बिहानै उपभोक्ताले दूध खरिद गर्नुपूर्व अनुगमन टोली दुग्ध उद्योग तथा बिक्री केन्द्रमा पुगेको थियो। दूधबाट बनेका पनिर, बटर, छुर्पी, घिउ र खुला तथा प्याकिङ गरिएको दूधको विषयमा जानकारी लिन अनुगमन गरिएको थियो। 

सदरमुकाममा अधिकांश डेरी पसल रहेको र उद्योग कम रहेकाले मुकाम बाहिरबाट दूध ल्याएर बिक्री हुने गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए। ‘उपभोक्ताले मध्यराति फोन गरेर दुग्धजन्य पदार्थको विषयमा गुनासो गर्नुभयो, हामी तत्काल एक्सनमा गयौं,’ उनले भने, ‘परीक्षणबाट नतिजा आउन बाँकी छ।’

सदरमुकामका १ उद्योग र ३ बिक्री केन्द्रको अनुगमन गरेको टोलीले २ ठाउँमा मात्रै दूध तथा दुग्धजन्य पदार्थ फेला पारेको थियो।

Shivam cement

‘गुणस्तर पत्ता लगाउन नमूना लिएका छौं,’ खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख सौरभ श्रेष्ठले भने, ‘नमूना पोखरा पठाइएको छ, नतिजा आएपछि आवश्यक कारबाही हुन्छ।’

प्रकाशित: Jul 28, 2023| 11:16 शुक्रबार, साउन १२, २०८०
प्रतिक्रिया दिनुहोस्