शनिबार, साउन २४, २०८२

आइतबारसम्म भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

 |  शुक्रबार, साउन १२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १२, २०८०

vianetvianet

आज बिहानैदेखि कोशी र  बागमती प्रदेशका थोरै स्थानहरूका साथै  गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

काठमाडौं- मनसुनी वायुका साथै भारतको ओडिसा र आन्ध्र प्रदेश आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावका कारण आज काठमाडौंसहित देशका धेरैजसो पहाडी भागमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज बिहानैदेखि कोशी र बागमती प्रदेशका थोरै स्थानहरूका साथै गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। 'आज कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सहित देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको  समेत सम्भावना रहेको छ', महाशाखाको बुलेटिनमा उल्लेख छ।

आज राती बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै कोशी र लुम्बिनी प्रदेश सहित देशका बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि भारी वर्षाको समेत सम्भावना रहेको जनाइएको छ।

शनिबार र आइतबार पनि नेपालमा मनसुन सक्रिय हुने भएकोले कोशी, बागमती, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको  समेत सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।
 
वर्षाका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

Metro Mart

प्रकाशित: Jul 28, 2023| 07:48 शुक्रबार, साउन १२, २०८०
प्रतिक्रिया दिनुहोस्