शनिबार, वैशाख १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पत्रकारलाई कानुनबमोजिम सुविधा नदिने मिडियाको सरकारी सुविधा कटौती गरिने

पत्रकारलाई कानुनबमोजिम सुविधा नदिने मिडियाको सरकारी सुविधा कटौती गरिने

 |  बिहीबार, साउन ११, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ११, २०८०

काठमाडौं- न्यूनतम पारिश्रमिक निर्धारण समितिले सञ्चारकर्मीलाई श्रमजीवी पत्रकारसम्बन्धी ऐन, २०५१ र नियमावली, २०५३ तथा विद्यमान कानुनले प्रत्याभूत गरेको सेवा सुविधा उपलब्ध गराउन सञ्चार प्रतिष्ठानको ध्यानाकर्षण गराएको छ ।

National life

विभिन्न सञ्चार प्रतिष्ठानमा श्रमजीवी पत्रकार, कर्मचारी तथा कामदारलाई नियमित पारिश्रमिक उपलब्ध नगराउने, कानुनविपरित बर्खास्त, सरुवा, बढुवा गरिएको विषय सार्वजनिक भएसँगै समितिले प्रचलित कानूनी व्यवस्थाको कार्यान्वयनका लागि ध्यानकर्षण गराएको हो ।

समितिका अध्यक्ष सङ्गीता खड्काले बिहीबार विज्ञप्ति जारी गर्दै ऐन, कानुनको पालना नगर्ने/नगराउने सञ्चार प्रतिष्ठानलाई राज्यले प्रदान गर्ने सेवा सुविधा कटौतीका लागि सिफारिस गरिने अवस्था आउनेतर्फ सचेत गराइन् ।

सञ्चार प्रतिष्ठानमा कार्यरत पत्रकार, कर्मचारी र कामदारका सेवा सुुविधाको विषय तथा श्रमजीवी पक्ष र सञ्चालक पक्षका अधिकार र कर्तव्यसम्बन्धी स्पष्ट व्यवस्था गरेको उल्लेख गर्दै उहाँले राज्यको चौथो अङ्गका रूपमा रहेको पत्रकारिता क्षेत्रमा नै श्रम अधिकार हनन्सम्बन्धी यस्ता उजुरी र गुनासो आउनु दुःखद भएको बताइन् ।

पछिल्ला दिनमा विभिन्न सञ्चार प्रतिष्ठानले कानुनी व्यवस्थाविपरीत पत्रकार तथा कर्मचारीलाई ऐनले तोकेको सेवा सुविधा बिना नै करार सम्झौता भङ्ग गर्ने, निष्काशन गर्ने, सरुवा गर्नेलगायत विषयमा गुनासो र उजुरी प्राप्त भएको समितिले जनाएको छ ।

kumari


Nyunatam-parishramik1690466447.jpg

प्रकाशित: Jul 27, 2023| 19:44 बिहीबार, साउन ११, २०८०
प्रतिक्रिया दिनुहोस्