शुक्रबार, जेठ २९, २०८३

पाल्पामा सम्बन्धविच्छेदका मुद्दा बढ्दै

 |  बिहीबार, साउन ११, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ११, २०८०

रामपुर- पाल्पामा पछिल्लो तीन वर्षयता सम्बन्धविच्छेद गर्नेको सङ्ख्या बढ्दै गएको छ। जिल्ला अदालत पाल्पामा दर्ता भएका मुद्दामध्ये ४३ प्रतिशत सम्बन्धविच्छेदका मुद्दा रहेका छन्।

National life

आर्थिक वर्ष २०७९/८० मा एक हजार १७ मुद्दा दर्ता भएकामा चार सय ४३ सम्बन्धविच्छेदका रहेका जिल्ला अदालतका तहसिलदार भेषराज खनालले बताए। उनका अनुसार सम्बन्धविच्छेदका तीन सय ६३ मुद्दा मात्र फर्छ्योट भएका छन्। गत आवमा दर्ता भएका कूल मुद्दामध्ये ७१.६८ प्रतिशत फर्छ्योट भएको जिल्ला अदालतले जनाएको छ।

त्यस्तै, आव २०७८/७९ मा आठ सय ३४ मुद्दा दर्ता भएकामा तीन सय ७४ मुद्दा सम्बन्धविच्छेदका थिए। सो अवधिमा दुई सय ९२ मुद्दा फस्र्यौट भएका थिए। आव २०७७/७८ मा छ सय ३६ मुद्दा दर्ता भएकामा दुई सय २८ सम्बन्धविच्छेदसम्बन्धी मुद्दा दर्ता भएका थिए।

सो अवधिमा एक ४६ मुद्दा मात्र फर्छ्योट भएका खनालले बताए। उनका अनुसार पछिल्लो तीन वर्षमा जिल्लामा दुई हजार चार सय ८७ मुद्दा दर्ता भएकामा एक हजार ४५ सम्बन्धविच्छेदका छन्।

अपरिपक्व उमेरमा गरिएको विवाह, प्रेम विवाह र वैदेशिक रोजगारीलगायत कारणले सम्बन्धविच्छेद गर्ने दम्पत्तीको सङ्ख्या बढ्दै गएको खनालको भनाइ छ। उनका अनुसार अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा धेरै सम्बन्धविच्छेदका छन्।

Shivam cement

वैदेशिक रोजगार, कम उमेरमा विवाह, प्रेम विवाह, सामाजिक सञ्जालको बढ्दो प्रयोग र अन्य पारिवारिक समस्याका कारण पछिल्ला समयमा सम्बन्धविच्छेद गराउनेको सङ्ख्या बढ्दै गएको देखिएको छ।

प्रकाशित: Jul 27, 2023| 19:28 बिहीबार, साउन ११, २०८०
प्रतिक्रिया दिनुहोस्