शुक्रबार, जेठ २९, २०८३

सडक विस्तारमा फड्को मार्दै तातोपानी

 |  बिहीबार, साउन ११, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ११, २०८०
National life
Shivam cement

जुम्ला- तातोपानी गाउँपालिकाले सडक विस्तारमा फड्को मारेको छ। भौतिक पूर्वाधार विस्तारलाई विशेष प्राथामिकतामा राखेर काम गरेको उक्त पालिकाले आर्थिक वर्ष २०७९-८० मा धुले सडक तीन हजार १९ मिटर, ग्राभेल सडक पाँच सय ७० मिटर, सोलिङ सडक पाँच सय ६० मिटर, पीपीसी सडक नौ सय २२ मिटर र आरसीसी सडक दुई सय ५० मिटर निर्माण गरी जम्मा पाँच दशमलव ३०१२ किमि सडक सञ्चालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाइँले जानकारी दिए।

विकासको कामलाई चुस्त र गुणस्तरीय बनाउका लागि अनुगमन समितिले कडाइका साथ नियमित काम गरेकाले बाटोमा सुधार आएको र नागरिकले राहत महसुस हुनेगरी काम गरिएको उनको भनाइ थियो। गाउँपालिका इञ्जीनीयर डिल्ली बुढाका अनुसार गोरेटो बाटो निर्माण नौ हजार नौ सय ४७ मिटर, सोलिङ बाटो निर्माण दुई हजार आठ सय ७७ मिटर, पीसीसी बाटो निर्माण आठ सय ९४ मिटर र आरसीसी सडक ७८ मिटर गरी जम्मा १३ दशमलव ७९६ किमि सडक निर्माण भएको उनले जानकारी दिए।

त्यस्तै गाउँपालिकाले विद्युत् लाइन विस्तार र मर्मत पाँच वटा, झोलुङ्गे पुल र ट्स पुल निर्माण दुई, तटबन्ध ११ वटा निर्माण गरेको प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले बताए।

प्रकाशित: Jul 27, 2023| 21:39 बिहीबार, साउन ११, २०८०
प्रतिक्रिया दिनुहोस्