शनिबार, साउन २४, २०८२

सवारी दुर्घटनामा तीनको मृत्यु, तीनजना मृत फेला

 |  बिहीबार, साउन ११, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ११, २०८०

vianetvianet

काभ्रे, नमोबुद्द नगरपालिका-२ सेल्फिडाँडास्थित सडकमा बा.५९ प २७३२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खसेर बुधबार साँझ  दुर्घटना हुँदा चालक सोही नगरपालिका-५ बोहोरे बस्ने २७ वर्षीय सुमन कुमार श्रेष्ठको मृत्यु  भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा  मृत्यु भएको हो।

दाङ, लमही नगरपालिका-१ नर्ति चोकस्थित सडकमा रा.४ प ५६०७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४२ वर्षीय सन्तु चौधरीको बुधबार  राति मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको लमही अस्पताल लमहीमा  उपचारको क्रममा मृत्यु भएको हो। हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी  गरिरहेको छ।

भक्तपुर, सूर्यबिनायक नगरपालिका-८ स्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलले बा.९५ प ६४१३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर अनियन्त्रित भई  बा.४ ख ११७२ नम्बरको टिपरमा ठोक्किएर बुधबार राति दुर्घटना हुँदा स्कुटर चालक  भक्तपुर नगरपालिका-२ इताछें बस्ने ३० वर्षीय सञ्जय पक्काको मृत्यु भएको छ। दुर्घटनामा  गम्भीर घाइते भएका उनको मध्यपुर अस्पताल ठिमीमा उपचारको क्रममा मृत्यु भएको हो।  टिपर चालकलाई नियन्त्रणमा लिएर हाल फरार मोटरसाइकल र चालकको प्रहरीले खोजी  गरिरहेको छ। सवै दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

मृत फेला
बर्दिया, गुलरिया नगरपालिका-५ घरबारी टोल बस्ने ५२ वर्षीय दिपेन्द्र खनाल आफ्नै  घरमा बुधबार मृत अवस्थामा फेला परेका छन्।

यसैगरी बर्दिया, गुलरिया नगरपालिका-१ केराबारीस्थित बेनुहा नाला नजिक खेतमा  भारत बहराईच ग्राम करीकोट घर भएका ४७ वर्षीय रमेस बन्जारा बुधबार मृत अवस्थामा  फेला परेका छन्।

Metro Mart

मकवानपुर, मनहरी गाउँपालिका-७ मानेडाँडास्थित जंगल जाने बाटोमा सोही ठाउँ  बस्ने ७३ वर्षीय रन बहादुर प्रजा बुधबार मृत अवस्थामा फेला परेका छन्।  सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Jul 27, 2023| 14:56 बिहीबार, साउन ११, २०८०
प्रतिक्रिया दिनुहोस्