शनिबार, साउन २४, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • बाढीपहिरोमा परेर हालसम्म ३१ जनाले ज्यान गुमाएको विवरण सार्वजनिक

बाढीपहिरोमा परेर हालसम्म ३१ जनाले ज्यान गुमाएको विवरण सार्वजनिक

बुधबारसम्म यस वर्षको मनसुन सुरु भएयता बाढीपहिरोबाट २४ जना बेपत्ता भएका छन् भने ३४ घाइते भएको विवरण गृहअन्तर्गतको विपद् पूर्वतयारी प्रतिकार्य शाखाले प्रकाशित गरेको हो।
 |  बिहीबार, साउन ११, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ११, २०८०

vianetvianet

काठमाडौं– गृह मन्त्रालयले १ असारदेखि सुरु भएको मनसुनजन्य प्राकृतिक विपद्मा परेर हालसम्म ३१ ज्नाले ज्यान गुमाएको तथ्यांक सार्वजनिक गरेको छ। बुधबारसम्म यस वर्षको मनसुन सुरु भएयता बाढीपहिरोबाट २४ जना बेपत्ता भएका छन् भने ३४ घाइते भएको विवरण गृहअन्तर्गतको विपद् पूर्वतयारी प्रतिकार्य शाखाले प्रकाशित गरेको हो।

बाढीपहिरोबाट ९५ घर पूर्णरूपमा क्षतिग्रस्त बनेका छन् भने १८४ घरमा आंशिक क्षति पुगेको महाशाखाले बताएको छ। बाढीपहिरोबाट सबैभन्दा बढी संखुवासभामा क्षति पुगेको छ। गत असार पहिलो साता आएको बाढीबाट संखुवासभामा ४ जनाको मृत्यु भएको थियो भने १८ अझै बेपत्ता छन्।

यस्तै, ताप्लेजुङमा पहिरोमा परेर ३ जनाको ज्यान गएको छ भने ३ जना बेपत्ता छन्। महाशाखाका अनुसार पाँचथरको बाढीमा परेर ३ जनाको मृत्यु भएको छ भने ३ जना अझै बेपत्ता छन्।

यस वर्ष बाढीपहिरोबाट १२ लाख ५४ हजार प्रभावित हुने प्रक्षेपण राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकणले गरेको थियो।

प्रकाशित: Jul 27, 2023| 11:19 बिहीबार, साउन ११, २०८०
प्रतिक्रिया दिनुहोस्