शुक्रबार, जेठ २९, २०८३

टोखा नगरपालिकाभित्रका अवैध संरचना हटाइए

 |  बिहीबार, साउन ११, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ११, २०८०
National life
Shivam cement

काठमाडौं- काठमाडौँको टोखा नगरपालिकाले नगरभित्र सार्वजनिक जग्गा मिचेर बनाएका अवैध संरचना हटाएको छ। नगरभित्रको सार्वजनिक जग्गा अवैधरुपमा कब्जा गरेर बनाएका संरचना डोजर लगाएर हटाउन थालिएको हो।

नगरप्रमुख प्रकाश अधिकारीका अनुसार टोखा–८ दुप्चेश्वर टोलको विभिन्न ठाउँमा बनाइएका संरचना हटाइएको छ। लामो समयदेखि नगरपालिकाभित्रको सार्वजनिक जग्गा व्यक्तिले भोगचलन गर्दै आएपछि बाध्य भएर हटाउन थालेको उनले भनाइ छ।

नगरभित्रका सम्पूर्ण सार्वजनिक जग्गा नगरपालिकाको संरक्षणमा हुनुपर्ने र कुनै व्यक्तिले पनि उपभोग गर्न नमिल्ने नगरप्रमुख अधिकारीको भनाइ छ।

प्रकाशित: Jul 27, 2023| 09:54 बिहीबार, साउन ११, २०८०
प्रतिक्रिया दिनुहोस्